२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीन–ताइवान बढ्दो तनावलाई नजिकबाट नियाल्दै नेपाल, भन्यो– नेपाल सधैभर चीन नीतिको समर्थन गर्छ

२०७९, २० श्रावण शुक्रबार ०८:०२

साउन २०, काठमाडौँ | नेपालले चीन–ताइवान बढ्दो तनावलाई नजिबाट नियालीरहेको बताएको छ । 

परराष्ट्र मन्त्रालयका आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवत्ता सेवा लम्सालले उक्त कुरा बताएकी हुन् । 


‘नेपालले यस घटनालाई नजिकबाट नियालीरहेको छ । नेपाल सभैभर एक चीन नीतिको समर्थन गर्दै आएको छ,’ प्रवक्ता लम्सालले भनिन् । 

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले यसैसाता चीनको चेतावनीको बाबजुद ताइवानको भ्रमण गरेपछि अहिले चीन–ताइवान र चीन–अमेरिका सम्बन्धमा तनाव बढेको छ । 

पेलोसीले ताइवानको भ्रमण गरेको जवाफमा अहिले चीनले ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरिरहेको छ । चीनले ताइवानको सीमा नजिक मिसाइल समेत प्रहार गरेको छ । 

‘दुवै मुलुक (नेपाल र चीन)ले एकअर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वधिनताको सम्मान गर्दै आएका छन्,’ परराष्ट्र प्रवक्ता लम्सालले भनिन्, ‘एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको जानकारी गराउन चाहन्छु ।’ 

पत्रकार सम्मेलनमा उनले परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही साउन २४ देखि २६ गतेसम्म गर्ने चीन भ्रमणलाई चीन–ताइवान बढ्दो तनावसँग जोडेर नहेर्न आग्रह गरिन् । ‘घटना पछि भएको हो, परराष्ट्रमन्त्रीको चीन भ्रमणको तयारी धेरै पहिला देखि सुरु भएको हो,’ उनले भनिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा