१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा नर्स पठाउन भदौ ६ मा सम्झौता हुने, यस्ता छन् मापदण्ड

२५ श्रावण २०७९, बुधबार ११:४८

साउन २५, काठमाडौँ | नेपाल सरकार र बेलायत सरकारबीच बेलायतमा स्वास्थ्य जनशक्ति पठाउन सम्झौता हुने भएको छ । बेलायतमा स्वास्थ्य जनशक्ति पठाउन पहिलेदेखि नै प्रक्रिया अगाडि बढाए पनि दुई देशबीच सम्झौता हुन सकेको थिएन ।


गत जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको थियो । त्यसबिचमा पनि कामदार लैजाने विषयमा केही कुरा मिल्न बाँकी थियो ।

बुधवार मात्र बेलायती दूतावासका अधिकारीहरू श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आएर भदौ ६ मा सम्झौता पत्रमा हस्ताक्षर गर्ने जानकारी दिएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए ।

नेपालबाट नर्स मात्र नभई ल्याब असिस्टेन्ट, अनमी, बिएन नर्स, फार्मेसीस्ट लगायत पनि जान पाउने व्यवस्था गरिएको छ । बेलायती अहिले जाने नेपाली स्वास्थ्य जनशक्तिले ना पाउने सेवा सुविधा एकै खालको छ । बेलायत जान आइएलटीएसलाई अनिवार्य गरिएको छ ।

नेपालबाट गएका स्वास्थ्य जनशक्तिले वार्षिक ३६ हजार पाउन्ड स्टर्लिङ सम्म कमाउन सक्ने छन् । अर्थात् वार्षिक झण्डै ५५ लाख नेपाली रुपैयाँ भन्दा बढी कमाउन सक्नेछन् । बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमति पत्र लिएको हुनुपर्नेछ । यस्तै बेलायतमा गएर पनि त्यहाँको नर्सिङ काउन्सिलको अनुमति पत्र लिएको हुनुपर्नेछ । विभिन्न प्रक्रिया पुर्‍याएर गएका कामदार ५ वर्ष सम्म बसेर अनिवार्य रूपमा नेपाल फर्कनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण