साउन ३०, काठमाडौँ |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौँ | 
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबमा १६ जना नेपाली बाटोमै अलपत्र

२०७९, ३० श्रावण सोमबार ०६:४९

साउन ३०, काठमाडौँ | करिब ९ महिनाअघि आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका १६ जना नेपाली कम्पनीले कोठाबाट निकालेपछि भोक भोकै सडकमै दिनरात बिताउन बाध्य भएका छन् ।


काठमाडौँमा रहेको यात्रा एचआर सोलुशन प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजारदेखि २ लाखसम्म बुझाएर साउदी अरबमा रहेको युनियन कनट्र्याक्ट नामको कम्पनीमा पठाएको र म्यानपावरले सम्झौता गरे अनुसारको काम र तलब नपाएपछि अलपत्र परेको पीडितहरूले बताएका छन् ।

‘म्यानपावरले सम्झौता गरे बमोजिम काम र तलब नपाएपछि हामी विगत ९ महिनादेखि अलपत्र अवस्थामा छौ ,’  पीडित मोहन कुमार चौधरीले भने, ‘सुरुको दुई/तीन महिना काम पनि गरेका थियौ, त्यसपछि हामीले काम पाएका छैनौ म्यानपावर कम्पनी आज हुन्छ, भोलि हुन्छ भनेर झुक्क्याउने काम मात्र गरेको छ ।’

आफूहरूको समस्या लिएर रियादस्थित नेपाली दूतावासको शरणमा पुग्दा पनि कुनै सुनवाइ नभएको पीडितहरूले बताएका छन् ।

८० जनाको ग्रुपमध्ये ६४ जनालाई म्यानपावरले उद्धार गरी नेपाल फर्काएको तर आफूहरूलाई सौतेनी आमाको जस्तो व्यवहार भएको उनीहरू बताउँछन्। चाँडो उद्धारको माग गर्दा म्यानपावरले अझै ६ महिना साउदीमै राख्छु भन्ने धम्की दिएको पीडितहरूको भनाइ छ ।

उनीहरूलाई साउदी प्रहरीले भेटेर समस्याबारे जानकारी लिएको र कम्पनीको मालिकलाई सम्पर्क गरी बस्ने व्यवस्था मिलाउन भनेको छ तर कम्पनी प्रशासनले कुनै चासो नदिएको उनीहरूले बताए ।

लामो समयदेखि कामविहीन भएर बस्नुपर्दा खानाको लागिसमेत पैसा नभएकोले भोकै बस्नु परेको उनीहरूले दुखेसो पोखे । आफूहरूलाई सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन र म्यानपावरका सञ्चालकलाई कारबाही गरी क्षतिपूर्ति दिलाइदिन उनीहरूले नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाली दूतावास लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

उद्धारका लागि विभिन्न निकायहरूलाई अनुरोध गरिरहेको भए पनि अहिलेसम्म कतैबाट पहल भएको छैन । साउदीमै रहेका एजेन्ट वीरेन्द्र राई पनि समस्या समाधान गर्नुको सट्टा तिमीहरूले जे गर्छौ गर भनेर धम्की दिने गरेको उनीहरूले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते