१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हय्या कार्ड भए कतार प्रवेश पाइने, नयाँ कामदार आउन नपाइने

३१ श्रावण २०७९, मंगलवार १०:२२

साउन ३१, काठमाडौँ | कतारले फिफा विश्वकपका दर्शकहरूलाई मध्यनजर गरी ल्याइएको विशेष व्यवस्था हय्या कार्ड होल्डरहरूलाई आगामी १ नोभेम्बरदेखि २३ जनवरीसम्म आवत-जावत गर्न दिने निर्णय गरेको छ । नोभेम्बरदेखि हय्या कार्ड भएका आगन्तुकहरूलाई मात्र कतार प्रवेश गर्न दिइने र विश्वकप २०२२ का फ्यानहरूलाई थप आवासको विकल्पहरू प्रदान गर्न अल मेसिलाको दरब अल साईमा कारभान्स परियोजना यसै हप्ता सुरु गरिने सुप्रीम कमिटी फर डिलिवरी र लिगेसी अधिकारीका आवास विभागका कार्यकारी निर्देशक ओमार अल-जबिरले बताएका छन् ।


निर्देशक अल-जबिरका अनुसार कतारी आइडी भएकाहरू उक्त अवधिमा कुनै पनि बेला आवत-जावत गर्न पाउनेछन् तर यस अवधिमा नयाँ कामदारहरू भने आउन पाउने छैनन् ।

कुनै पनि खेलको टिकट धारकहरूले हय्या कार्डको फाइदाहरू प्राप्त गर्नेछन् र उपलब्ध आवासको सर्तमा खेल अवधिभर देशमा रहन सक्छन्। हय्या कार्डलाई बहुप्रवेश अनुमति मानिन्छ, जुन २३ जनवरी २०२३ सम्म मान्य हुने ह्याया प्लेटफर्मका कार्यकारी निर्देशक सईद अल-कुवारीलाई उद्धृत गर्दै गल्फ टाइम्सले जनाएको छ ।

फिफा विश्वकप कतार २०२२ को लागि एक अन्तर्राष्ट्रिय ००९७४ ४४४१२०२२ हटलाईन नम्बर ‘२०२२’ लन्च गरिएको छ। जहाँ कतारभित्रका मानिसहरूले कुनै पनि समस्या वा घटनाहरू भएमा सबै सम्बन्धित मुद्दाहरूको बारेमा सोधपुछका लागि जवाफ पाउन सक्नेछन् । हाल, यो सेवा अंग्रेजी र अरबी भाषामा उपलब्ध रहेको र अन्य भाषा पनि विस्तार गरिने बताइएको छ । २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ । स्रोत : खबरहब

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण