१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाका पूर्वप्रधानमन्त्री नजिबकी पत्नी घुस लिएकोमा दोषी करार

१६ भाद्र २०७९, बिहीबार ०८:४०

एजेन्सी | मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब राजककी पत्नी घुस खाएको आरोपमा दोषी पाइएकी छन् । सारावाकमा सौर्य ऊर्जासम्बन्धी परियोजनाका लागि रोस्माह मनसुरले ४.३ करोड अमेरिकी डलर घुस खाएको तीनवटा आरोप लागेको थियो । 


उनले सबै आरोप खारेज गर्दै आइरहेकी थिइन् । तर बिहीबार उच्च अदालतले पूर्व प्रथम महिलालाई तीन आरोपहरूमा दोषी करार गरेको हो । उनका पति नाजिबले भ्रष्टाचार मामिलामा केही दिन अघिदेखि मात्र १२ वर्ष जेल सजाय सुरु गरेका थिए ।

रोस्माहमाथि अझै सम्पत्ति शुद्धीकरण र कर छलीसम्बन्धी १७ वटा अन्य मुद्दाहरू रहेका छन् । उनले ती आरोपहरू अस्वीकार गर्दै आइरहेकी छन् । ७० वर्षीया रोस्माह उनको महँगो आभूषण र विलासी वस्तुप्रतिको मोहका लागि चिनिन्छिन् ।

सन् २०१८ मा मलेसियाको प्रहरीले उनको घरमा छापा मार्दा १६ लाख डलर बराबरको सुन र हिराको हार, करोडौँ मूल्यको ब्यागहरू फेला पारेको थियो ।-बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ