२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय सेनाध्यक्ष ४ बजे आउने, यस्तो छ ५ दिने कार्यक्रम

२०७९, १९ भाद्र आईतवार ०७:३९

भदौ १९, काठमाडौँ | भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज अपराह्न नेपाल आउँदै छन् । उनी अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पांडे नेपाल आउन लागेका हुन् । 


पाँचदिने नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च सोमबार टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ । त्यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि सोमबारै शिष्टाचार भेट गर्नेछन् ।

सोही दिन पाण्डेलाई नेपाली सेनाले सैनिक मुख्यालयमा रात्रिभोज दिनेछ । मंगलबार उनी सगरमाथा वेसक्याम्प नाम्चे पुग्नेछन् भने सोही दिन उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने र पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

साँझ भारतीय दूतावासले आयोजना गरेको रात्रि भोजमा सहभागी हुने पाण्डे चौथो दिन मौसमले साथ दिए मुक्तिनाथ दर्शनका लागि जानेछन् । त्यस्तै पोखरास्थित सेनाको पृतनाको भ्रमण गर्ने र सोही दिन काठमाडौ फर्केर वसन्तपुर हनुमान ढोका अवलोकन गर्ने कार्यक्रम रहेको छ ।  अन्तिम दिन सेप्टेम्बर ८ मा उनी स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते