२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जजिरा एयरवेजले पायो भैरहवाबाट सातै दिन उडानको अनुमति

२१ भाद्र २०७९, मंगलवार ०६:२१

भदौ २०, काठमाडौँ | जजिरा एयरवेजले कुवेत–भैरहवा सातामा सातै दिन उडान गर्ने अनुमति पाएको छ। एयरवेजले आगामी सेप्टेम्बर १६ तारिख (भदौ ३१) गतेदेखि  भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सातामा सातै उडान गर्ने अनुमति पाएको हो। 


नागरिक उड्डयन प्राधिकरणले सोमबार जजिरालाई सातै दिन उडान गर्ने अनुमति दिएको बताएको छ। हाल जजिराको एयरबस ३२० निओले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ। 

कुल एक सय ७४ यात्रु क्षमता भएको जहाजमार्फत दैनिक एक सय ५० जना भैरहवाबाट कुवेत उडिरहेका छन्। कुवेतबाट भैरहवा आउनेको संख्या सय जना हाराहारीमा छ। चाडपर्व नजिकिदैं गरेकाले यात्रु अकुपेन्सी बढेको र उडान संख्या थपेको एयरवेजका सञ्चालन प्रमुख संगीता रौनियारले बताइन्। 

'रोजगारीमा गएकाहरू दशैं तिहारमा घर फर्कन्छन्, त्यसकारण पनि त्यो समयलाई लक्षित गरेर दैनिक उडान थपिएको छ' उनले भनिन्।

जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य