१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा अलपत्र जुम्लाका नौ जनाको उद्धार

२६ भाद्र २०७९, आईतवार १०:५२

भदौ २६, काठमाडौँ । वैदेशिक रोजगारीका लागि साउदी पुगेका जुम्ला गुठीचौर गाउँपालिका– १ का नौजना अलपत्र परेका थिए। एक महिनापछि उनीहरूलाई उद्धार गरी आइतबार नेपाल फर्काइएको हो।

गुठीचौर गाउँपालिका– १ का वडाध्यक्ष अर्जुनकुमार महतारा, राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही र राप्रपाका युवा नेता अनुप थापाको पहलमा उनीहरूको उद्धार गरिएको हो। गुठीचौर– १ का नीराजन थापा, डिलबहादुर रोकाय, शान्तबहादुर रोकाय, खडग रोकाय, लक्ष्मीबहादुर रोकाय, प्रताप लामा, एकराज ऐडी, आनन्द रोकाय र जनक बुढाको उद्धार गरिएको वडाध्यक्ष महताराले जानकारी दिए।

सुरुमा मासिक तलब एक हजार साउदी रियाल दिने भनिए पनि उता पुगेपछि आठ सय मात्रै दिने गरी काम गर्न बाध्य पारिएको पीडितहरूको गुनासो छ। त्यो पनि केही समयपछि पूरा तलब नदिएको बताइएको छ। उनीहरू नेपाल आएपछि ‘ब्लुग्यालेक्सी’ मेनपावर कम्पनीविरुद्ध उजुरी दिने तयारी भएको वडाध्यक्ष महताराले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट