२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल वायुसेवाको उडान अब दोहा विमानस्थलबाट

२०७९, २६ भाद्र आईतवार १२:२७

भदौ २६, काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दोहा–काठमाडौं–दोहा उडान अबदेखि दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भएको छ । अहिले हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण भइरहेको हो ।

कतारको नागरिक उड्डयन प्राधिकरणले निगमको उडानलाई दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा परिवर्तन गराएको हो । १५ सेप्टेम्बरदेखि ३० डिसेम्बर २०२२ सम्म निगमले दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण गर्ने भएको हो । यो कतारको पुरानो अन्तर्राष्ट्रिय विमानस्थल हो । कतार विश्वकपको संघारमा छ ।

विश्वकपका बेला हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्ने भएपछि उसले पुरानो विमानस्थललाई समेत प्रयोगमा ल्याएको हो । नेपाललगायत अन्य एसियाली मुलुकका लागि हुने उडानहरु पुरानो विमानस्थलबाट गराउने कतारको तयारी छ। यस्तै, विश्वकप अवधिभर कतारले नेपाललगायतका एसियाली मुलुकमा उडान संख्या पनि घटाउने भएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा