२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायत जाँदै

२०७९, २९ भाद्र बुधबार १०:४१

भदौ २९, काठमाडौँ । बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का लन्डन जाने भएका छन् । आगामी असोज ३ गते लन्डनमै हुन लागेको महारानी एलिजाबेथको अन्त्येष्टि समारोहमा मन्त्री खड्का जान लागेको परराष्ट्रका एक अधिकारीले जानकारी दिए । महारानीको यही भदौ २३ मा मृत्यु भएको थियो ।


एलिजाबेथ द्वितीयको निधनपछि नेपालले भदौ २५ देखि २७ सम्म शोक मनाउने निर्णय गरेको थियो । साथै, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका अन्य उच्चपदस्थ व्यक्तिहरु र शुभेच्छुकहरुले काठमाडौंस्थित बेलायती राजदूतावासमा गएर समवेदनासमेत प्रकट गरेका छन् ।

नेपाललाई माया गर्ने र नेपाली ब्रिटिस गोर्खाकै सुरक्षा घेरामा हुर्के/बढेकी महारानी एलिजाबेथले दुई पटक सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेकी थिइन् ।

उनको अन्त्येष्टि समारोहमा बेलायतको राजपरिवारलाई ‘हेड अफ स्टेट’को रुपमा स्वीकार गर्दै आएका विभिन्न मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखहरु, कमनवेल्थ राष्ट्रका प्रतिनिधिहरु र शुभेच्छुक मुलुकका प्रतिनिधिहरु जाने छन् । भारतबाट भने राष्ट्रपति द्रौपदी मुर्मू महारानी एलिजाबेथको अन्त्येष्टिमा जाने तय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा