२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा एक नेपालीको मृत्यु

२०७९, २ आश्विन आईतवार १२:१८

असोज २, काठमाडौँ | दक्षिण कोरियामा एक नेपालीको औद्योगिक दुर्घटनामा मृत्यु भएको छ । छुङ्छननाम्दोको छङयाङगुनको बंगुर फर्ममा कार्यरत लमजुङका इन्द्र गुरुङको शुक्रबार मृत्यु भएको हो । 


लमजुङ परिवार दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष मेघ वाइबाले ढलको पाइप मर्मतको क्रममा दुर्घटनामा परी गुरुङको मृत्यु भएको जानकारी दिए । ‘बंगुरको मलमूत्रबाट ग्यास निकाल्ने गरेको रहेछ । केही दिनदेखि त्यो पाइप बन्द भएकोले बनाउन जाँदा विषाक्त ग्यास निस्केर मृत्यु भएको अनुमान रहेछ । त्यहाँ सीसीटीभी पनि रहेनछ । थप कुरा अनुसन्धानपछि भन्न सकिने प्रहरीले बताएका छन्,’उनले भने । गुरुङसँगै काम गर्ने ३० वर्षीय कोरियालीको पनि सोही घटनामा मृत्यु भएको छ ।

दुई वर्षअघि पनि बंगुर फर्ममा काम गर्ने क्रममा विषाक्त ग्यासका कारण दुई जना नेपालीले ज्यान गुमाएकाथिए । कोरियाली मजदुर युनियनहरुले कामदारका लागि सुरक्षा माग्दै आए पनि सरकारले बेवास्ता गर्दै आएको छ । ‘कोरियामा ज्यान गुमाउने विदेशी धेरै छन् । औद्योगिक दुर्घटनामा रोजगारदाताको हेलचेक्र्याइँ मुख्य कारण हो । त्यसैले त्यस्ता रोजगारदातालाई कडा कारबही गरे धेरै कामदारको ज्यान बच्नसक्थ्यो,’ प्रवासी मजदुर युनियनका महासचिव मधुसुधन ओझाले भने ।

प्रत्येक वर्ष ८ हजारभन्दा बढी औद्योगिक दुर्घटना भएको कोरियाली श्रम मन्त्रालयको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा