असोज १०, काठमाडौं | कतारस्थित नेपाली दूतावास दशैंमा २ दिन बन्द हुने भएको छ । विजयादशमी अवसरमा असोज १८ र १९ गते दूतावास बन्द रहने भएको हो । २ दिन दूतावासमा हुने कुनै पनि किसिमका कामहरू नहुने दूतावासले जनाएको छ ।
२० गतेदेखि पूर्ववत् रूपमा खुल्ला रहने र नियमित काम सुचारू गरिने दूतावासले एक सूचना जारी गरेर जानकारी दिएको छ । विजयादशमीको अवसरमा कतारमा समेत विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । कतारमा रहेको विभिन्न संघ संस्थाले शुभकामना आदानप्रदान कार्यक्रम राखेका छन् ।