२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया र यमनका विषयमा नेप

११ आश्विन २०७९, मंगलवार ०७:३३

असोज ११, काठमाडौं | परराष्ट्र सचिव भरत राज पौड्यालले कुनै पनि बहानामा र परिस्थितिमा कुनै पनि देशको भौगोलिक अखण्डतामाथि हुने बल प्रयोगको नेपािलले विरोध गर्ने जनाएका छन् । 

संयुक्त राष्ट्रसंघको ७७औं महासभालाई सोमबार अमेरिकाको न्युयोर्कमा सम्बोधन गर्दैै युक्रेन, अफगानिस्तान, म्यानमार र लिबिया विषयमा नेपालको स्पष्ट धारणा राख्ने क्रममा उनले उक्त कुरा बताएका हुन् । 

‘नेपालले कुनै पनि बहाना र परिस्थितिमा कुनै पनि देशको भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता र सार्वभौमसत्ता विरुद्ध कुनै पनि खतरा वा बल प्रयोगको विरोध गर्दछ,’ रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध जनाउँदै परराष्ट्र सचिव पौड्यालले भने । 


युक्रेन युद्धमा भएको सर्वसाधारणको मृत्यु र पीडाप्रति उनले गहिरो चिन्ता समेत व्यक्त गरे । उनले अगाडि भने, ‘हामी शत्रुता र हिंसाको तत्काल अन्त्यको लागि आह्वान गर्दछौं र सबै सम्बन्धित पक्षहरूलाई अधिकतम संयम अपनाउन र वार्ताको बाटोमा फर्कन आग्रह गर्दछौं ।’ 

अफगानिस्तान अनिश्चितता र हिंसाको शिखरमा रहेको उनले बताए । अफगान जनताले गरिबी र मानवीय पीडाको सामना गरिरहेको समेत उनले जनाए । 

‘हामी अफगान समाजका सबै वर्गहरूका लागि स्वास्थ्य र शिक्षा लगायतका निर्वाध मानवीय सहायता र सार्वजनिक सेवाहरू सुनिश्चित गरिनुपर्छ भनी आह्वान गर्दछौं,’ उनले भने । 

सम्बोधनका क्रममा पररष्ट्र सचिव पौड्यालले म्यानमारका सबै पक्षहरूलाई प्रजातान्त्रिक प्रक्रियाको पुनर्स्थापनाका लागि मार्ग प्रशस्त गर्दै आफ्ना प्रतिनिधिहरू चयन गर्ने जनताको इच्छालाई सम्मान गर्न पनि आग्रह गरे । 

यस्तै लिबिया, सिरिया र यमनका जनताले लामो समयदेखि कठिनाइ र पीडाको सामना गरिरहेकोमा उनले चिन्ता व्यक्त गरे । हिंसा अन्त्य गर्न र शान्तिमा फर्कन सम्बन्धित पक्षहरूले द्वन्द्व समाधानका शान्तिपूर्ण माध्यमको सहारा लिनुपर्नेमा उनले जोड दिएका थिए । 

लामो हिंसा र द्वन्द्वले प्यालेस्टिनी र इजरायली नागरिकहरूलाई पीडा दिएको उनले बताए । उनले थपे, ‘नेपालले दुई राज्य समाधानको लागि आफ्नो दीर्घकालीन दृष्टिकोणलाई दोहोर्याउँदछ, जसमा प्यालेस्टाइन र इजरायलले मान्यता प्राप्त अन्तर्राष्ट्रिय सिमाना भित्र शान्ति र सुरक्षाका साथ बस्छन्।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य