असोज ११, काठमाडौं | रोजगारीको प्रलोभनमा भारत हुँदै कुवेत लैजान लागेका देशका विभिन्न स्थानका चार जना महिलाहरूलाई नवलपरासीको महेशपुरबाट उद्धार गरिएको छ ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, काठमाडौं | रोजगारीको प्रलोभनमा भारत हुँदै कुवेत लैजान लागेका देशका विभिन्न स्थानका चार जना महिलाहरूलाई नवलपरासीको महेशपुरबाट उद्धार गरिएको छ ।<"/>
२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भारत हुँदै कुवेत लैजान लागेका चार महिलाको नवलपरासीबाट उद्धार, एक पक्राउ

२०७९, ११ आश्विन मंगलवार ०९:०८

असोज ११, काठमाडौं | रोजगारीको प्रलोभनमा भारत हुँदै कुवेत लैजान लागेका देशका विभिन्न स्थानका चार जना महिलाहरूलाई नवलपरासीको महेशपुरबाट उद्धार गरिएको छ ।

जागिर खान एक रुपियाँ पनि नलाग्ने भन्दै मानव तस्करले नवलपरासीको महेशपुर नाकाबाट भारत लैजान लागेको अवस्थामा काभ्रेका दुई जना, सिन्धुलीका एक जना र धनकुटाका एक जना गरी चार महिलालाई माइती नेपाल र प्रहरीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकृत भोजराज पाण्डेले बताउनुभयो ।


भारतमा विना लगानीमा काम पाउने भन्दै झुक्याएर भारतको बाटो हुँदै कुवेत लैजान लागिएका महिलाको उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस कार्यमा संलग्न एक जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट–४ बाडीपीडित बस्ने ३५ वर्षीय गोरख दमाई  छन् । यसैगरी, अन्य मानव बेचबिखनको कार्यमा संलग्न अन्य तीन जनाको खोजी भइरहेको प्रहरीले बताइएको छ ।

पछिल्लो   समय नवलपरासीका मानव तस्करले महिलालाई भारत लैजाने गरेका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने