१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज ‘एनआरएनए डे’ मनाइँदै

२५ आश्विन २०७९, मंगलवार ०७:०५

असोज २५, लन्डन | नेपाल सरकारले ११ अक्टोवरलाई एनआरएनए डे (गैरआवासीय नेपाली दिवस) को रूपमा मनाउँदै आएको छ । सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८४ देशमा शाखा रहेको छ ।  

एनआरएनएको स्थापना दिवसको अवसरमा मंगलबार संघले काठमाडाैंमा एक विशेष समारोहको आयोजना गर्न लागेको संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए । मंगलबार होटल याक एण्ड यतीमा आयोजना हुने समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।  

समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्का, कांग्रेस नेता राधेश्याम अधिकारी, पूर्वमन्त्री रामकुमारी झाँक्री, माओवादी नेता खिमलाल देवकोटा, लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण, मुख्यसचिव शंकरदास बैरागीलगायत नेपाल सरकारका उच्च पदाधिकारी तथा सचिवहरूको उपस्थिति रहनेछ ।

दुई दिनसम्म चल्ले कार्यक्रमको अन्तिम दिन समापन समारोहलाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओ‌लीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ । 

गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । काठमाडाैंस्थित संघको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले महासचिवद्वय गौरीराज जोशी र केशव पौडेलकाे वार्षिक प्रतिवेदन, कोषाध्यक्षहरूकाे आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर