कात्तिक १७, काठमाडौँ | रोमानियाको एक कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
रोमानियाको तिमिलास्वरा शहरको भिजेडिया नजिक बनात मेलोन एग्रिकल्चर कम्पनीमा कार्यरत म्याग्दीका ३३ वर्षीय देबेन्द्र पुनको कम्पनी काम गर्ने क्रममा मेसिनमा च्यापिएर निधन भएको हो ।
यस घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ । योसँगै रोमानियामा एक महिनाभित्र एकपछि अर्को गरी क्रमशः तीन नेपाली कामदारको निधन भएको छ ।