२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी : प्रि–इनरोलमेन्ट गरेर मात्र राहदानी नवीकरणको लागि आउन दूतावासको आग्रह

२०७९, २७ कार्तिक आईतवार ०६:३५

कात्तिक २७, काठमाडौँ | के तपाईं साउदीमा राहदानी नवीकरण गर्न दूतावास जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अनलाइन फारम भरेर प्रि–इनरोलमेन्ट गरेर मात्रै जानुहोला । साउदीमा रहेको नेपाली दूतावासले सेवाग्राहीको सहजता र दूतावासलाई पनि काम गर्नमा छिटोछरितो होस् भन्दै यस्तो आग्रह गरेको हो ।


अनलाइन फारम प्रि इनरोलमेन्टको लागि

https://emrtds.nepalpassport.gov.np/ लिंकमा जानुपर्छ । ‘अपोइन्टमेन्ट बुक’ गर्नको लागि ‘अपोइन्टमेन्ट कन्ट्री’को ठाउँमा अदर भन्ने अप्सन छान्नुपर्छ र ‘लोकेशन’मा भित्रको अप्सनमध्येबाट एनई रियाद छान्नुपर्ने हुन्छ । त्यसपछि जे जे जानकारी मागेको छ त्यही भर्दै जानुपर्छ । सबै विवरण भरिसकेपछि अन्तिममा फाइल डाउनलोड गरेर प्रिन्ट गर्नुपर्छ । यदि अनलाइन फारम आफैले भर्न सक्नुहुन्न भने आफ्नो कम्पनी वा साथीभाइको सहयोग लिन सकिन्छ । 
यदि साउदी अरबमा कसैले पनि सहयोग गरेन र आफैले पनि सक्नुभएन भने नेपालमा रहेको परिवार वा साथीभाइको सहयोग लिन पनि दूतावासले सुझाएको छ । त्यसको लागि पनि माथि उल्लेख गरेजस्तै गरी अनलाइन फारम भरेर त्यसको पीडीएफ फाइल ह्वाट्सअप अथवा अन्य माध्यमबाट मगाउन सकिन्छ । त्यसलाई प्रिन्ट गरेर दूतावासमा पेस गर्न सकिन्छ ।
राहदानी नवीकरणको लागि रीतपूर्वक भरिएको अनलाइन फारमको प्रिन्ट प्रति, नागरिकताको अगाडि र पछाडि भागको प्रष्ट फोटोकपी, राहदानीको फोटो पेज र ३१ नम्बर पेजको फोटोकपी र सक्कल राहदानी अनिवार्य साथलमा ल्याउनुपर्छ । आफूसँग जनशक्ति र श्रोतसाधन पर्याप्त नभएकाले सेवाग्राहीले नै अनलाइन फारम भरेर आइदिए काम छिटो छरितो हुने दूतावासको भनाइ छ ।
यस्तै दूतावासले अनलाइन फारम भरेर आउनेहरुले पनि सामान्य गल्ती गर्ने गरेको भन्दै त्यस्ता गल्ती सुधार गर्न आग्रह गरेको छ । राहदानी र नागरिकताको राम्रोसँग स्क्यान गरेर मात्रै अपलोड गर्नुपर्छ । आफ्नो नाम र थर, आफ्नो पालिकाको नाम र वडा नम्बर सहि लेख्नुपर्छ । अरू विवरणमा पनि कुनै गल्ती नगर्न दूतावासले आग्रह गरेको छ । अनलाइन फाराम नभरिकन वा प्रि–इनरोलमेन्ट नगरिकन आउने सेवाग्राहीको राहदानी नवीकरण आवेदन लिन दूतावास बाध्य नहुने पनि दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते