२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार विश्वकप : नेपाली दूतावास खुल्ने समय परिवर्तन, नियमित काम स्थगित गरेर सहयोग गर्न आग्रह

२०७९, २९ कार्तिक मंगलवार १०:४५

कात्तिक २९, काठमाडौँ | एसिया क्षेत्रमा पहिलो पटक आयोजना हुन लागेको कतार विश्वकप फुटबल आउन अब ५ दिन बाँकी छ । विश्वकपलाई नेपालले समेत विशेष महत्त्वका साथ हेरेको छ । 

त्यसमा झन् लाखौं नेपालीको रगत र पसिनाले कतारका रंगशाला बनेका छन् । त्यसले गर्दा पनि कतार विश्वकप नेपालीले बढी रोचक तरिकाले हेरेका छन् । कतारस्थित नेपाली दूतावासले सहयोगको लागि अपिल गरेको छ । नेपाली राजदूत डा. नरेश बिक्री ढकालले कतारमा रहेका नेपाली समुदाय तथा संघसंस्थालाई आफ्ना नियमित काम स्थगित गरेर सहयोग गर्न अनुरोध गरेका छन् । विश्वकपका कारण विश्वको ध्यान नै कतारतर्फ केन्द्रित छ । 

विश्वकपलाई मध्यनजर गर्दै नेपाली दूतावास खुल्ने समय पनि परिवर्तन गरिएको छ । कतारको मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार दूतावास खुला रहने समय परिवर्तन गरिएको नेपाली दूतावासले जनाएको छ । कात्तिक २७ गतेदेखि पुष ४ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म खुल्ला रहने दूतावासले जनाएको छ । 

त्योबीचमा अत्यावश्यक तथा जरुरी जानकारी तथा कन्सुलर सेवाको लागि दूतावासमा दिउँसो २ बजेसम्म फोन गर्न सकिने दूतावासले जनाएको छ । अत्यावश्यक सेवा लिनका लागि दूतावासमा ४४६७५६८१ तथा ४४६७५६८३ नम्बरमा फोन गर्न सकिनेछ । पुस ५ गतेदेखि भने पुरानै समय अनुसार दूतावास खुल्नेछ ।

त्यसैले कतारमा क्रियाशील नेपाली समुदाय तथा संघसंस्थाहरूले पनि सम्पादन गर्नुपर्ने कुनै कार्यक्रम सम्भव भएसम्म स्थगित गरी इमानदारिता, नैतिकता, कर्तव्यपरायणता र उच्चमर्यादासहित विश्वकप सफल बनाउनका लागि जिम्मेवारीपूर्ण सहयोग गर्न सबैमा अनुरोध गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते