२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले अनुमति दिन चासो नदेखाएपछि नेपाल एयरलाइन्सले भैरहवा उडान नगर्ने

२०७९, ९ मंसिर शुक्रबार १०:३०

मंसिर ९, काठमाडौं | आगामी सोमबारबाट दिल्ली-भैरहवा उडानको तयारी गरेको नेपाल एयलाइन्सले यो योजना रोकेको छ।

उडान अनुमतिका लागि मागेको प्रस्तावमा भारतको नियामक निकायले हालसम्म कुनै पनि जवाफ नदिएपछि भैरहवामा एयरलाइन्सको उडान नहुने भएको हो।

नेपाल वायुसेवा निगमले काठमाडौं-दिल्ली-भैरहवा हुँदै काठमाडौं उडानको लागि करिब एक साताअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणमा उडान स्वीकृतिका लागि प्रस्ताव पठाएको थियो।

यो प्रस्तावसँगै प्राधिकरणले भारतको उड्डयन प्राधिकरणलाई स्वीकृतिका लागि अनुरोध गरेको थियो। तर भारतले उडानका लागि स्वीकृति नदिएपछि यो रुटमा उडान अन्योलमा परेको हो। 

‘निगमले करिब एक साता अघि भारतसँग काठमाडौं-दिल्ली-भैरहवा-काठमाडौं उडानका लागि अनुमति मागेको थियो,’ निगमका एक कर्मचारीले भने,‘तर अहिलेसम्म त्यसको जवाफ नआएपछि तत्काल भैरहवामा उडान नहुने भएको छ।’

यसअघि निगमले मंसिर १२ गते (सोमबार)देखि काठमाडौंबाट दिल्लीहुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने योजना बनाएको थियो।

‘निगमको सम्बन्धित विभागले यस विषयमा थप प्रक्रियाअनुसार काम गर्नेछ’ उनले भने, ‘दुवै देशका नियामक निकायले उडान अनुमति दिएपछि भैरहवा-दिल्लीको उडान योजना सार्वजनिक गर्नेछौं।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते