२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थीलाई निःशुल्क यातायात सेवा

१९ मंसिर २०७९, सोमबार ०७:५८

मङ्सिर १९, चितवन | जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पु¥याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो । 


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालका अनुसार नगरपालिकाभित्र बसोबास गरेर उच्च शिक्षा हासिल गर्ने विपन्न वर्गका विद्यार्थीलाई सार्बजनिक यातायातमा निःशुल्क गरिएको हो ।  यसका लागि यातायात व्यवसायीसँग सम्झौता भई कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो । अहिले पालिकाले विपन्न वर्गका विद्यार्थीका लागि आर्थिक अभावका कारण शिक्षाको पहुँचबाट वञ्चित बन्नु नपरोस् भनेर यो कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो । माडी क्याम्पस वसन्तपुर, दिवाकर स्मृति बहुप्राविधिक विद्यालय र दश जोड दुई सञ्चालनमा आएका चार वटा माध्यमिक विद्यालयमा अध्ययनरत छ सय हाराहारी विद्यार्थी यो निर्णयबाट लाभान्वित बनेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “निःशुल्क यातायात सेवाका लागि वडा र पालिकाले रु १४ लाख बजेट विनियोजन गरेको छ ।” पालिकामार्फत यातायात छुट कार्ड वितरण गरेर सुविधा प्रदान गरिएको हो । यही मङ्सिर १५ गतेबाट सेवा सञ्चालनमा आएको हो । यो निर्णयबाट वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिसमेत लाभान्वित बन्ने छन् । वृद्धवृद्धालाई यातायतामा ५० प्रतिशत र अपाङ्गता भएका व्यक्तिलाई शतप्रतिशत छुट दिने निर्णय भएको छ ।

उहाँले भन्नुभयो, “कार्यपालिका बैठकले लक्षित वर्ग यातायात सहुलियतसम्बन्धी कार्यविधि, २०७९ पारित गरी कार्यक्रम लागू गरेको हो ।” सार्वजनिक यातायातको पहुँच नपुग्ने विद्यार्थीलाई साइकलको व्यवस्था गर्ने तयारी गरिएको पालिकाले जनाएको छ । ढकालका अनुसार हनुमानझुलाका विद्यार्थीले साइकल प्राप्त गर्ने छन् । माध्यमिक शिक्षा अध्ययनका लागि पालिकाले चारवटा विद्यालयलाई यसअघिनै स्कूल बस प्रदान गरेको थियो । माडी नगरपालिकाभित्र भएका शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीले सहुलियत पाउने छन् । घरबाट दश जोड दुई र क्याम्पसमा सार्वजनिक बसमा यात्रा गर्ने विद्यार्थीले यो सुविधा प्रयोग गर्न पाएका हुन् ।

उपचार कोष

रत्ननगर नगरपालिकाले विपन्न नागरिकका लागि उपचार कोष स्थापना गरेको छ । नगरपालिकाभित्र बसोबास गर्ने नगरवासीका लागि रु ३० लाखको उपचार कोष स्थापना गरेको हो । बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने गरी कोष स्थापना गरिएको हो । कोषको आइतबार औपचारिक शुभारम्भ गरिएको छ । कोषको शुभारम्भसँगै अस्पतालमा सहायता कक्षा स्थापना गरी काम सुरु गरिएको छ । नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले कोष सञ्चालनको लागि कार्यविधि बनाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आर्थिक अभावका कारण उपचार नपाएर विपन्न नागरिकले मृत्यवरण गर्न नपरोस् भनेर कोष स्थापना गरिएको हो ।” सबै नागरिकको बाँच्न पाउने अधिकार उत्तिकै रहेको भन्दै उहाँले थप्नुभयो, “पैसा नभएर अस्पतालबाट रोग लिएर घर फर्किनुपर्ने अवस्थाको अन्त्य गर्न कोष स्थापना गरेका हौँ ।” कोषबाट नगरभित्रका विपन्न नागरिक र सडकमा आएका नागरिकको समेत उपचार गरिने छ । वडाको सिफारिसका आधारमा बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । एक जनालाई उपचारका लागि रु १० हजारसम्म उपलब्ध गराउने योजना रहेको छ । उपचार गर्नै नसक्नेका लागि थप रकमसमेत कोषबाट सहयोग गरिने छ ।

कोषको प्रभावकारिता हेरेर अर्को वर्ष रकम दोब्बर गरिने उहाँले कार्यक्रममा घोषणा गर्नुभएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा तीन हजार दुई सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने कामको थालनीसमेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ?