१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीका लागि रोमानिया पुगेका एक युवकलाई नेपालीले नै कुटेर कोमामा पठाए

२० मंसिर २०७९, मंगलवार ०५:५९

मङ्सिर २०, काठमाडौँ | वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका झापा भद्रपुरका विकाश तिम्सिना कुटपिटबाट गम्भीर घाइते भई कोमा (अचेत अवस्था)मा त्यहाँ उपचाररत छन्। 

भद्रपुर नगरपालिका– ८ स्थित फूलबारी टोल निवासी २६ वर्षीय विकाश रोमानियाको टिमिसोराआ हस्पिटलमा १८ दिनदेखि अचेत अवस्था उपचाररत रहेका छन्। 

कार्तिक ३० गते करिब राति १० बजेको समयमा विकाशलाई ६ देखि ७ जना नेपाली युवाहरूले बाटामा छेकेर निर्घात रूपमा कुटपिट गरेका थिए। 


उनीहरूले छोराको टाउकोमा बोतल प्रहार गरी गम्भीर घाइते बनाएको भनी खबर आएको उनका बुबा कुमार तिम्सिनाले बताए।

‘छोरालाई कोमा राखेर उपचार भइरहेको भनी परिवारलाई थाहा नै थिएन,’ उनका बुबा तिम्सिनाले भने, ‘चार दिनअघि मात्र विकाशसँगै त्यहाँ बस्दै आएका साथीले फोन गरेर घटना सुनायो। घटना सुन्ने बित्तिकै हामी मुर्छा पर्‍यौं।'

विकाशलाई नेपाली युवाहरू नै किन र के कारणले कुटपिट गरेको भनी उनको साथीले पनि घटना खुलाएर भन्न नसकेको उनको भनाइ छ। 

घरको जेठो छोरा विकास पढाइ पूरा गरी ६ महिनाअघि मात्र रोमानिया गएको थियो। अहिले छोराको स्वास्थ्य अवस्था कस्तो छ, कुन हालतमा छ। त्यहाँ गएर बुझ्ने हामीसँग सामर्थ्य पनि छैन। 

सरकारको पहलमा रोमानियास्थित नेपाली राजदूतावासले सहजीकरण गरिदिए कम्तीमा घटनाको सत्य तथ्य बाहिर आउँथ्यो,’ उनले भने, ‘अब सरकार वा सम्बन्धी निकायले सहयोग गरिदिनु पर्‍यो।

ग्लोबल म्यानपावर सामाखुसी काठमाडौँबाट २०७९ जेठ ८ गते विकाश रोमानियाका लागी उडेका थिए। नेपाली करिब ७ लाख रूपैयाँ खर्चिएर होटेलमा पिज्जा बनाउने काममा उनी रोमानिया गएको परिवारको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह