२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन वर्षमा ३ हजारभन्दा बढी नेपालीले विदेशी भूमिका ज्यान गुमाए

२०७९, ४ पुष सोमबार ०७:४३

पुस ४, काठमाडौँ | पछिल्लो तीन वर्षमा ३ हजार भन्दा बढी नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् । सरकारले सार्वजनिक गरेको ‘श्रम आप्रवासन प्रतिवेदन २०२२’ अनुसार सन् २०१९/०२० देखि २०२१/०२२ सम्ममा ३ हजार १९९ नेपाली युवाहरूले ज्यान गुमाएका हुन् । 

वैदेशिक रोजगारी : १० वर्षमा ७ हजार ४ सय ५५ नेपालीको मृत्यु – Nepal's  Digital Newspaper

त्यसरी ज्यान गुमाउनेमा ३ हजार ११५ जना पुरुष र ८४ जना महिला रहेका छन् । प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी ज्यान गुमाउनेमा मधेस प्रदेशका रहेका छन् । मधेस प्रदेशमा ७५१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै प्रदेश १ का ७०९ जना, लुम्बिनी प्रदेशका ६७७, गण्डकी प्रदेशका ४७८, बागमती प्रदेशका ४०९ जना, कर्णाली प्रदेशका ११० र सुदूरपश्चिम प्रदेशका ५६ युवाले ज्यान गुमाएका हुन् । 

मृत्युको कारणमा कार्डियाक अरेस्ट, हर्ट अट्याक, प्राकृतिक कारण, सवारी दुर्घटना, आत्महत्या, कोरोना, कार्यक्षेत्रमा मृत्यु लगायतका रहेका छन् । २०२१/०२२ मा कोरोना महामारीका कारण २०७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् । 

त्यस्तै प्राकृतिक कारणबाट २१५ जना र सवारी दुर्घटनाबाट १२९ जनाले ज्यान गुमाएका छन् । मृत्युको कारणमा सबैभन्दा बढी सवारी दुर्घटना र प्राकृतिक मृत्यु देखिएको छ । सन् २००८/०९ देखि २०२१/०२२ सम्मको अवस्था हेर्दा १० हजार ६६६ नेपालीले विदेशी भूमिमा ज्यान गुमाएको देखिन्छ । जसमा १० हजार ४११ पुरुष र २५५ जना महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने