१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोमानियाको अस्थायी कन्सुलर कार्यालय हटेपछि भिसाका लागि पुनः दिल्ली नै जानुपर्ने बाध्यता

१४ पुष २०७९, बिहीबार ०९:१९

पुस १४, काठमाडौँ | नेपालस्थित रोमानियाको अस्थायी कन्सुलर कार्यालय हटेको छ । 

वैदेशिक रोजगारीका लागि रोमानिया जाने नेपालीहरूको भिसासम्बन्धित सम्पूर्ण कार्य त्यही कार्यालयबाट हुँदै आएको थियो । कार्यालय हटेसँगै अब भिसा लगाउनको लागि नयाँदिल्लीस्थित रोमानियाको दूतावासमा जानुपर्ने भएको छ । 


३ महिनाका लागि १५ सेप्टेम्बर २०२२ मा स्थापना गरिएको कार्यालयमा ५ हजार भन्दा बढी आवेदन संकलन गरेको थियो ।  यसअघि काठमाडौंमा अस्थायी कार्यालय स्थापना हुनुअघि पनि दिल्ली नै गएर भिसा लगाउने गरेका थिए ।  वैदेशिक रोजगार कार्यालय ताहाचलमा स्थापना गरिएको अस्थायी कार्यालयबाट ५ हजार १२० जनाको आवेदन संकलन गरेको थियो । त्यसरी संकलन गरिएको आवेदन त्यही कार्यालयबाट रोमानियास्थित परराष्ट्र मन्त्रालयमा पठाउने गरिएको थियो ।

रोमानियाको भिसा जारी गर्ने निकायले भिसा जारी गरेर पठाउनका लागि भिसा शुल्क भनेर १७ हजार ५०० रूपैयाँ ताकिएको थियो । अब भिसाका लागि दिल्ली जान लाखौं रूपैयाँ खर्च गर्नुपर्ने वाध्यता देखिएको छ । 

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको पहलमा रोमानियाको अस्थायी कन्सुलर कार्यालय ताहाचलमा स्थापना गरिएको थियो । ३ महिनाको लागि खोलिएको कार्यालय त्यसपछि थप गर्ने भन्ने थियो । तर, कसैले पहल नगर्दा कार्यालय बन्द भएको हो । 

कन्सुलर कार्यालय बन्द गरेर कर्मचारीहरू स्वदेश फर्किसकेको वैदेशिक रोजगार कार्यालयका निर्देशक तथा सूचना अधिकारी बसन्तबहादुर बोहोराले बताए ।  

पछिल्लो समय नेपालीहरूले वैदेशिक रोजगारीका लागि नयाँ श्रम गन्तव्य मुलुकमा रोमानियालाई समेत आफ्नो प्राथमिकतामा राख्दै आएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा रोमानियाका लागि ६ हजार ४१८ जनाले श्रम स्वीकृति लिएका थिए ।  

रोमानियाले अस्थायी नियोगमा ५ जना कर्मचारी राखेर आवेदन संकलन थालेको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि रोमानिया एक राम्रो गन्तव्य मानिन्छ । युरोपेली मुलुक भएकाले मध्यम स्तरका नेपालीहरूले आफ्नो श्रम गन्तव्य रोमानियालाई लिन्छन् । त्यसका लागि म्यानपावर व्यवसायीहरूले ५ देखि ७ लाख रुपैयाँसम्म शुल्क लिने गरेका छन् । र भिसा प्रक्रियाका लागि दिल्ली जानुपर्ने बाध्यता थियो । 

दिल्ली जानुपर्ने बाध्यता हटाउन मन्त्री कुँवरले रोमानिया सरकारसँग छलफल अगाडि बढाएका थिए । सोही आधारमा तत्काललाई अस्थायी नियोग खोल्न रोमानिया सरकार तयार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह