२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोमानियाको अस्थायी कन्सुलर कार्यालय हटेपछि भिसाका लागि पुनः दिल्ली नै जानुपर्ने बाध्यता

२०७९, १४ पुष बिहीबार ०९:१९

पुस १४, काठमाडौँ | नेपालस्थित रोमानियाको अस्थायी कन्सुलर कार्यालय हटेको छ । 

वैदेशिक रोजगारीका लागि रोमानिया जाने नेपालीहरूको भिसासम्बन्धित सम्पूर्ण कार्य त्यही कार्यालयबाट हुँदै आएको थियो । कार्यालय हटेसँगै अब भिसा लगाउनको लागि नयाँदिल्लीस्थित रोमानियाको दूतावासमा जानुपर्ने भएको छ । 


३ महिनाका लागि १५ सेप्टेम्बर २०२२ मा स्थापना गरिएको कार्यालयमा ५ हजार भन्दा बढी आवेदन संकलन गरेको थियो ।  यसअघि काठमाडौंमा अस्थायी कार्यालय स्थापना हुनुअघि पनि दिल्ली नै गएर भिसा लगाउने गरेका थिए ।  वैदेशिक रोजगार कार्यालय ताहाचलमा स्थापना गरिएको अस्थायी कार्यालयबाट ५ हजार १२० जनाको आवेदन संकलन गरेको थियो । त्यसरी संकलन गरिएको आवेदन त्यही कार्यालयबाट रोमानियास्थित परराष्ट्र मन्त्रालयमा पठाउने गरिएको थियो ।

रोमानियाको भिसा जारी गर्ने निकायले भिसा जारी गरेर पठाउनका लागि भिसा शुल्क भनेर १७ हजार ५०० रूपैयाँ ताकिएको थियो । अब भिसाका लागि दिल्ली जान लाखौं रूपैयाँ खर्च गर्नुपर्ने वाध्यता देखिएको छ । 

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको पहलमा रोमानियाको अस्थायी कन्सुलर कार्यालय ताहाचलमा स्थापना गरिएको थियो । ३ महिनाको लागि खोलिएको कार्यालय त्यसपछि थप गर्ने भन्ने थियो । तर, कसैले पहल नगर्दा कार्यालय बन्द भएको हो । 

कन्सुलर कार्यालय बन्द गरेर कर्मचारीहरू स्वदेश फर्किसकेको वैदेशिक रोजगार कार्यालयका निर्देशक तथा सूचना अधिकारी बसन्तबहादुर बोहोराले बताए ।  

पछिल्लो समय नेपालीहरूले वैदेशिक रोजगारीका लागि नयाँ श्रम गन्तव्य मुलुकमा रोमानियालाई समेत आफ्नो प्राथमिकतामा राख्दै आएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा रोमानियाका लागि ६ हजार ४१८ जनाले श्रम स्वीकृति लिएका थिए ।  

रोमानियाले अस्थायी नियोगमा ५ जना कर्मचारी राखेर आवेदन संकलन थालेको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि रोमानिया एक राम्रो गन्तव्य मानिन्छ । युरोपेली मुलुक भएकाले मध्यम स्तरका नेपालीहरूले आफ्नो श्रम गन्तव्य रोमानियालाई लिन्छन् । त्यसका लागि म्यानपावर व्यवसायीहरूले ५ देखि ७ लाख रुपैयाँसम्म शुल्क लिने गरेका छन् । र भिसा प्रक्रियाका लागि दिल्ली जानुपर्ने बाध्यता थियो । 

दिल्ली जानुपर्ने बाध्यता हटाउन मन्त्री कुँवरले रोमानिया सरकारसँग छलफल अगाडि बढाएका थिए । सोही आधारमा तत्काललाई अस्थायी नियोग खोल्न रोमानिया सरकार तयार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने