2026-09-21 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ?

काठमाडौँ | सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस भइरहेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा बहस जारी छ ।

तर, बिहीबार पोखराबाट उनीसँगै रिहा भएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी अहिलेसम्म काठमाडौं जिल्ला अदालतमा हाजिर हुन गएका छैनन् । जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले जोशीका बारेमा केही जानकारी नभएको बताए ।

उनी पनि पोखरामा सञ्चालित सूर्यदर्शन सहकारी ठगी मुद्दामा रविसँगै बिहीबार रिहा भएका थिए । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई ८८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि उनी काठमाडौं गएको कास्की प्रहरी स्रोतले बताएको छ । तर, काठमाडौंमा प्रहरी र अदालत दुवैको सम्पर्कमा छैनन् ।

कास्की जिल्ला अदालतमा प्रहरीले मुद्दा पेश गर्दैमा निजहरू छुटिजाने अवस्थामा पुनः प्रहरीकै जिम्मा दिन माग गरेको थियो । तर, अन्य जिल्लाका मुद्दाका सम्बन्धमा आफैँ उपस्थित हुने गरी रिहा भएका थिए । त्यसैले काठमाडौं प्रहरीसँग उनलाई पक्राउ गर्ने आधार छैन । ‘अदालतले उपस्थित गराउन भन्यो भने मात्र आफूहरूले खोज्नुपर्ने प्रवक्ता अधिकारीले बताए ।

रविको हकमा आइतबार जिल्ला अदालतमा बयान सकिएपछि पनि थुनछेक बहस शुरु नहुँदा न्यायीक हिरासतमा राख्न प्रहरी परिसर पठाइएका थिए । आज थुनछेक बहस हुँदै छ, बहसपछि इजलासको आदेशअनुसार धरौटीमा छुट्ने वा पुर्पक्षका लागि थुनामा राख्ने भन्ने निर्क्यौल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह