२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण अफ्रिकामा नेपालीलाई अलपत्र पार्ने क्रम बढेपछि दूतावासले जारी गर्‍यो ट्राभल एडभाइजरी

२०७९, २२ पुष शुक्रबार ०६:२६

पुस २२, काठमाडौँ | युरोप र अमेरिकामा आकर्षक तलबसहित जागिर लगाइदिने भन्दै दक्षिण अफ्रिकामै अलपत्र पार्ने क्रम बढेपछि दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित नेपाली दूतावासले झुटो प्रलोभनमा नपरी आधिकारिक च्यानलबाट मात्रै वैदेशिक रोजगारीमा जान आह्वान गरेको छ । प्रिटोरियास्थित दूतावासले आज ट्राभल एडभाइजरी जारी गर्दै उक्त आह्वान गरेको हो ।

दूतावासका अनुसार दक्षिण अफ्रिकामा वैदेशिक रोजगारमा आकर्षक तलब, सुविधासहितको पदमा काम लगाइदिने र दक्षिण अफ्रिकाबाट युरोप, अमेरिकाका देशहरुमा लगिदिने भनेर नेपाली नागरिकहरुबाट लाखौं रुपियाँ लिई ठगी गर्ने क्रम बढेको छ । साथै भारतका नयाँ दिल्ली र मुम्बई शहरका साथै संयुक्त अरब इमिरेट्स, कतार, तान्जानिया, मोजाम्बिक, केन्या, मलवी, मौरिसस, रुवाण्डा, कङ्गो लगायतका अफ्रिकी मुलुकहरु हुँदै निकै कठिन, जोखिमपूर्ण तवरले दक्षिण अफ्रिकामा ल्याई अलपत्र पार्ने गरिएको छ ।


दूतावासले भनेको छ, ‘वैदेशिक रोजगारमा लगाईदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै ब्यक्तिलाई विदेशमा ल्याई अलपत्र पार्ने एवं नेपाल सरकारको प्रचलित कानून अनुरुप निषेध गरिएका कार्यहरुमा संलग्न हुने कार्य कानून बमोजिम दण्डनीय भएकाले यसखाले गैरकानूनी कार्यहरु नगर्न/नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा दूतावास अनुरोध गर्दछ ।’

कुनै पनि मुलुक जानको लागि सम्बन्धित मुलुकको भिसा आवश्यक पर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका लगायतका देशहरुमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएको पनि दूतावासले स्पष्ट पारेको छ ।

भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा पर्यटन भ्रमणमा दक्षिण अफ्रिका आउने प्रयोजनको लागि मात्र भएको र सो भिसाका आधारमा रोजगारीजन्य काममा संलग्न हुन नपाइने पनि दूतावासले जनाएको छ ।

दक्षिण अफ्रिका आउन लागेका नेपालीहरुलाई देहायका कुराहरुमा उचित ध्यान दिन र सावधानी अपनाउन पनि दूतावासले भनेको छ–

१.दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगष्ट २०२२ मा प्रकाशित सूचनाअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने १४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारमा लिने कानूनी ब्यवस्था रहेको र त्यस्ता पदहरुमा वैदेशिक रोजगारमा यहाँ आउँदा नेपाल सरकारको प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिएर मात्र आउनु पर्नेछ । उक्त पदहरुको सूची  http://www.dha.gov.za/images/PDFs/47182-2-8-CriticalSkillsDHA.pdf लिंकमा उपलब्ध रहेको छ ।

२.भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा पर्यटन भ्रमणमा दक्षिण अफ्रिका आउने प्रयोजनको लागि मात्र भएको हुँदा सो भिसाका आधारमा यहाँ रोजगारीजन्य काममा संलग्न हुन पाइने छैन । पर्यटक भिसामा आई कुनै पनि किसिमको रोजगारीमा संलग्न हुने कार्य गैरकानूनी भएकाले त्यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई सम्बन्धित दक्षिण अफ्रिकी निकायले पक्राउ गरी कानून बमोजिम दण्ड, जरिवाना गराई देश निकाला गर्नेछ ।

३. कुनै पनि मुलुक जानको लागि सम्बन्धित मुलुकको भिसा आवश्यक पर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका लगायतका देशहरुमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएकाले भिसा सम्बन्धी जानकारीका लागि सम्बन्धित देशको नियोग वा ती मुलुकहरु हेर्ने विदेशस्थित नेपाली नियोगहरुमा सम्पर्क गरी आधिकारिक जानकारी लिन उपयुक्त हुनेछ ।

४.उल्लिखित विषयहरु लगायतका सम्बन्धमा कुनै जानकारी लिनुपरेमा दूतावासको ईमेल [email protected] वा  ह्वाट्सएप सहितको हटलाइन नम्बर (0027765093941) मा सम्पर्क गर्न सकिनेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा