११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूतमा सापकोटा

२३ पुष २०७९, शनिबार ०८:१२

पुस २३, काठमाडौँ | प्रवासमा रहेर लामो समयदेखि नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु-याउनुभएका गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) का पर्यटन संयोजक सोम सापकोटा बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूत (टुरिज्म गुवविल एम्बेस्टर) नियुक्त हुनुभएको छ ।

नेपालको पर्यटन क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै सरकारले सापकोटालाई चार वर्षका लागि पर्यटन सद्भावनादूतमा नियुक्त गरेको हो ।

सापकोटालाई मन्त्रिस्तरीय निर्णयअनुसार सद्भावनादूत नियुक्त गर्ने निर्णय गरिएको हो । सापकोटालाई शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्तिपत्र हस्तान्तरण गर्नुभयो । 

सो अवसरमा सचिव अधिकारीले लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध  सापकोटालाई सरकारले दिएको जिम्मेवारीबाट यो क्षेत्र  झनै बिस्तार र बलियो हुने विश्वास व्यक्त गर्नुभयो । नवनियुक्त सद्भावनादूत सापकोटाले राज्यले आफूमाथि विश्वास गरेर दिएको जिम्मेवारीलाई मुलुकको हित र प्रवासी नेपालीको साथ लिएर सफलतापूर्वक निर्वाह गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “कार्यादेशसहित जिम्मेवारी लिएको छु, अन्य मुलुकका सदभावनादूतसँग पनि समन्वय र सहकार्य गर्दै पर्यटन मन्त्रालय, पर्यटन बोर्डसँगको साझेदारितामा सरकार–सरकारबीच प्रवद्र्धनात्मक अभियान चलाउने योजना बनाएको छु ।”

उहाँले पर्यटन प्रवद्र्धनका साथै नेपालको आवश्यक सहयोगका लागि रणनीतिक योजनासहित काम गर्ने योजना रहेको बताउनुभयो । सन् २००७ देखि सन् २००९ सम्म एनआरएनएको पर्यटन प्रवद्र्धन कमिटीको सदस्य भएर काम गरेका सापकोटाले सन २०१३ देखि सन् २०१५ सम्म सोही कमिटीको उपसंयोजक बन्नुभएको थियो । 

त्यस्तै उहाँले सन् २०१६ देखि सन् २०१८ सम्म डेनमार्कका लागि नेपाली टुरिजम बोर्डको मानार्थ जनप्रतिनिधि भएर काम गर्नुभयो । यसैगरी सापकोटा सन् २०१९ देखि २०२१ सम्म माल्टाका लागि नेपाल टुरिजम बोर्डबाट मानार्थ जनप्रतिनिधिका रूपमा नियुक्त हुनुभयो । पर्यटन क्षेत्रमा विशेष दखल राख्ने सापकोटा हाल एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रवक्ता एवं पर्यटन प्रवद्र्धन समितिका संयोजक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह