श्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

श्"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा बन्धक भएकामध्ये ६ जना भोलि स्वदेश फर्किँदै

२०७९, २५ पुष सोमबार ०६:५२

पुस २५, काठमाडौं | मलेसियामा बन्धक बनाइएका १९ जना नेपाल फर्किने भएका छन्। 

१९ मध्ये ६ जना नेपाली मंगलबार स्वदेश फर्किन लागेका हुन्। 


श्रमिकलाई बन्धक बनाएको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूको उद्धार गर्न सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए।

उक्त निर्देशनपछि परराष्ट्र मन्त्रालय मार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो। 

राजदूतावासले उनीहरूको उद्धार गरेको हो। 

मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार, पिआरएस फोरेस्ट म्यानेजमेन्ट कम्पनीमा काम गर्न गएका सबै श्रमिकहरूलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ।

दूतावासको पहलमा उनीहरूमध्ये ६ जना भोलि, १० जनवरीमा ६ जना र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका हुन्।

यसैगरी मलेसियाका एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरूको समस्या हल गर्न समेत पहल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने