११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस निर्णयमा गगन-विश्वप्रकाशसहित ४ नेताको असहमति

२६ पुष २०७९, मंगलवार ०७:४०

पुस २६, काठमाडौँ | नेपाली कांग्रेसका चार नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयमा फरक मत राखेका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति राखेका हुन्।

‘पार्टी प्रमुख प्रतिपक्षी भूमिकामै बस्नुपर्छ भनेर चार जना नेताले भन्नुभएको छ,’ एक नेताले भने, ‘तर अरूले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर पार्टी प्रतिपक्षमै बस्ने निर्णयमा सहमति जनाएका छन्।’


कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारीहरू र पूर्वपदाधिकारीहरू छन्। तत्काल केन्द्रीय समिति बस्न नसक्ने अवस्थामा केन्द्रीय कार्यसम्पादन समिति बसेर आधिकारिक निर्णय गर्न सक्छ।

केन्द्रीय कार्यसम्पादन समितिको निर्णय लगत्तै संसदीय दलको बैठक राखेर सुनाइएको थियो। जसमा सांसद प्रदीप पौडेलले मात्र फरक मत राखेका छन्। संसदीय दलले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

कांग्रेसबाट प्रतिनिधि सभामा ८९ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह