२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरामा मिनी सडक महोत्सव हुँदै

२०७३, ९ आश्विन आईतवार १३:५८

असोज ९, पोखरा | रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल रेबान पोखराले पर्यटन प्रवद्र्धन गर्न मिनी सडक महोत्सवको गर्ने भएको छ । पर्यटन दिवसको अवसर पारेर असोज ११ गते मिनि सडक महोत्सव गर्ने रेवानका अध्यक्ष चौ बहादुर गुरुङले जानकारी दिए ।

विश्व पर्यटन दिवसको अवसरमा रेवानले विगत ८ वर्षदेखि मिनी सडक महोत्सव गर्दै आए उनले जानकारी दिए । पोखरालाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा पहिचान गराउने उद्देश्यले सडक महोत्सव र मिनी सडक महोत्सव गर्दै आएको उनले बताए ।

मिनी सडक महोत्सव बाराही चोकदेखि खहरेसम्म बेलुका ५:०० बजेबाट राति अबेरसम्म एक दिने मिनी सडक महोत्सव आयोजना गर्न लागेको मिनी सडक महोत्सवका संयोजक वैभव पौडेलले जानकारी दिए ।

महोत्सवमा सडकमै विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खानाको परिकार रेस्टुरेन्टहरुले उपलब्ध गराउने उनले जानकारी दिए । रेस्टुरेन्टहरु सडकमै हुनेछन् । नेपालका विभिन्न जातीय तथा धार्मिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी, सडकमै मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुतिका साथ मिनी सडक महोत्सव आयोजना हुने पौडेलले जानकारी दिए । पञ्चेबाजा, गन्धर्व बाजा र लाइभ म्युजिक मिनी सडक महोत्सवका आकर्षण हुनेछन् । नेपाल पर्यटन बोर्ड महोत्सवको प्रवद्र्धक रहेको छ ।

पर्यटन दिवसका दिन बस र जहाजबाट पोखरा आइपुग्ने पाहुनालाई पोखरा र एयरपोर्ट र पोखरा बसपार्कमा फूलमाला र पञ्चेबाजासमेतले स्वागत गर्ने तयारी रहेको छ । त्यसै गरि लेकसाइडमा सौर्यबत्ती मर्मतसम्भार गरी सबैतिर बल्ने बनाइँदैछ । बिग्रेका सिसिटिभी मर्मतसम्भार गरी पुनःसञ्चालन गर्ने तयारी समेत रहेको रेवान पोखरा निर्वतमान अध्यक्ष गोपी भट्टराईले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट