ललित बोहरा/असोज ११, डडेल्धुरा । डडेल्धुरामा पछिल्लो समय स्थानिय जातका धान, चामलको कारोबारमा बृद्धि भएको छ । 

बजारमा पाईने विभिन्न ब्राण्डका चामल भन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/असोज ११, डडेल्धुरा । डडेल्धुरामा पछिल्लो समय स्थानिय जातका धान, चामलको कारोबारमा बृद्धि भएको छ । 

बजारमा पाईने विभिन्न ब्राण्डका चामल भन्"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुरामा स्थानिय जातको धानले बजार पायो

११ आश्विन २०७३, मंगलवार १२:४३

ललित बोहरा/असोज ११, डडेल्धुरा । डडेल्धुरामा पछिल्लो समय स्थानिय जातका धान, चामलको कारोबारमा बृद्धि भएको छ । 

बजारमा पाईने विभिन्न ब्राण्डका चामल भन्दा स्थानिय चामलको गुणस्तर राम्रो हुने भएकाले डडेल्धुराका अधिकांस नागरिकले स्थानिय जातको चामल रोज्ने गरेका छन । बढ्दै गएको धान चामलको बजार भाउ, विभिन्न रसायन प्रयोग गरी प्याकिंक गरिने एवं प्लाष्टिकका चामल समेत बजारमा आए संगै उपभोक्ता ठगिने गरेका कारण यहाका पहाडी जिल्ला तथा तराईमा उत्पादन भएको धान, चामल उपभोक्ताले खोज्ने गरेका छन । 

ठुला मिल प्लान्टमा चामललाई पोलिस गरिए संगै भातमा पाईने पौष्टिक तत्व, स्वाद ह्रास आउने गरेककाले स्थानिय जातका धान खरिद गरि स्थानिय मिलमा कुटाईने गरेको स्थानियले बताएका छन । आज भोली डडेल्धुराका साना उद्योग मिलमा धान कुटाउने, चामल किन्नेको दिनहु बाक्लो घुईचो देखिन्छ ।

सुदुरपश्चिमका तराईका जिल्लामा उत्पादन हुने सर्जु लगायत अन्य स्थानिय जातका चामल उपभोग गर्नेहरुको डडेल्धुरामा दिनहु संख्या बढ्दै गएको अमरगढी ८ रातागौनका मिल सञ्चालक चन्द्र पाण्डेयले बताएका छन । उनले अहिले धान खरिद गरि मिलमा धान कुटेर स्थानिय जातका चामल बिक्रि समेत गर्ने गरेको बताएका छन । 

डडेल्धुराका विभिन्न क्षेत्र तथा सुदुरपश्चिमका अधिकांस स्थानका नागरिकले स्थानिय जातका चामल खोज्ने गरेकको भए पनि आवश्यकता अनुसार आपुर्ती गर्न कठिनाई भएको बताएका छन । मिल संञ्चालक पाण्डेयले कम्तिमा पनि दैनिक रुपमा पाँच कुण्टल बढी धान कुटी चामल बिक्री गर्ने गरेको बताएका छन । 

बजारमा पाईने मोटो चामल भन्दा कम मुल्यमा स्थानिय जात सर्जु लगातका चामल पाईने तथा मसिनो चामल भन्दा राम्रो, मिठो भात हुने भएकाले यहाका नागरिकले स्थानिय जातको चामल खोज्ने गरेको उनले बताएका छन । 

उग्रतारा मिल सञ्चालनमा ल्याएका पाण्डेयले स्थानिय जातको सर्जु चामल ३८ सय प्रति क्विन्टलका दरले बिक्रि वितरण भई रहेको जनाएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला