ललित बोहरा/असोज ११, डडेल्धुरा । डडेल्धुरामा पछिल्लो समय स्थानिय जातका धान, चामलको कारोबारमा बृद्धि भएको छ । 

बजारमा पाईने विभिन्न ब्राण्डका चामल भन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/असोज ११, डडेल्धुरा । डडेल्धुरामा पछिल्लो समय स्थानिय जातका धान, चामलको कारोबारमा बृद्धि भएको छ । 

बजारमा पाईने विभिन्न ब्राण्डका चामल भन्"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुरामा स्थानिय जातको धानले बजार पायो

२०७३, ११ आश्विन मंगलवार १२:४३

ललित बोहरा/असोज ११, डडेल्धुरा । डडेल्धुरामा पछिल्लो समय स्थानिय जातका धान, चामलको कारोबारमा बृद्धि भएको छ । 

बजारमा पाईने विभिन्न ब्राण्डका चामल भन्दा स्थानिय चामलको गुणस्तर राम्रो हुने भएकाले डडेल्धुराका अधिकांस नागरिकले स्थानिय जातको चामल रोज्ने गरेका छन । बढ्दै गएको धान चामलको बजार भाउ, विभिन्न रसायन प्रयोग गरी प्याकिंक गरिने एवं प्लाष्टिकका चामल समेत बजारमा आए संगै उपभोक्ता ठगिने गरेका कारण यहाका पहाडी जिल्ला तथा तराईमा उत्पादन भएको धान, चामल उपभोक्ताले खोज्ने गरेका छन । 

ठुला मिल प्लान्टमा चामललाई पोलिस गरिए संगै भातमा पाईने पौष्टिक तत्व, स्वाद ह्रास आउने गरेककाले स्थानिय जातका धान खरिद गरि स्थानिय मिलमा कुटाईने गरेको स्थानियले बताएका छन । आज भोली डडेल्धुराका साना उद्योग मिलमा धान कुटाउने, चामल किन्नेको दिनहु बाक्लो घुईचो देखिन्छ ।

सुदुरपश्चिमका तराईका जिल्लामा उत्पादन हुने सर्जु लगायत अन्य स्थानिय जातका चामल उपभोग गर्नेहरुको डडेल्धुरामा दिनहु संख्या बढ्दै गएको अमरगढी ८ रातागौनका मिल सञ्चालक चन्द्र पाण्डेयले बताएका छन । उनले अहिले धान खरिद गरि मिलमा धान कुटेर स्थानिय जातका चामल बिक्रि समेत गर्ने गरेको बताएका छन । 

डडेल्धुराका विभिन्न क्षेत्र तथा सुदुरपश्चिमका अधिकांस स्थानका नागरिकले स्थानिय जातका चामल खोज्ने गरेकको भए पनि आवश्यकता अनुसार आपुर्ती गर्न कठिनाई भएको बताएका छन । मिल संञ्चालक पाण्डेयले कम्तिमा पनि दैनिक रुपमा पाँच कुण्टल बढी धान कुटी चामल बिक्री गर्ने गरेको बताएका छन । 

बजारमा पाईने मोटो चामल भन्दा कम मुल्यमा स्थानिय जात सर्जु लगातका चामल पाईने तथा मसिनो चामल भन्दा राम्रो, मिठो भात हुने भएकाले यहाका नागरिकले स्थानिय जातको चामल खोज्ने गरेको उनले बताएका छन । 

उग्रतारा मिल सञ्चालनमा ल्याएका पाण्डेयले स्थानिय जातको सर्जु चामल ३८ सय प्रति क्विन्टलका दरले बिक्रि वितरण भई रहेको जनाएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट