असोज १२ पर्वत । सदरमुकाम कुश्माबजार नजिकै रहेको कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा ब्रिज उद्यान निर्माण कार्य सुरु भएको छ । सैँतिसौँ पर्यटन दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले आज सो पार्कको शिलान्यास गर्नुभएको हो । पुल अवलोकनका लागि दैनिकजसो आउने पर्यटकलाई क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२ पर्वत । सदरमुकाम कुश्माबजार नजिकै रहेको कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा ब्रिज उद्यान निर्माण कार्य सुरु भएको छ । सैँतिसौँ पर्यटन दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले आज सो पार्कको शिलान्यास गर्नुभएको हो । पुल अवलोकनका लागि दैनिकजसो आउने पर्यटकलाई क"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुलुककै अग्लो झोलुङ्गे पुलमा ब्रिज पार्क

१२ आश्विन २०७३, बुधबार ०६:५१

असोज १२ पर्वत । सदरमुकाम कुश्माबजार नजिकै रहेको कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा ब्रिज उद्यान निर्माण कार्य सुरु भएको छ । सैँतिसौँ पर्यटन दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले आज सो पार्कको शिलान्यास गर्नुभएको हो । पुल अवलोकनका लागि दैनिकजसो आउने पर्यटकलाई केही समय विश्राम गर्न र पुलसम्बन्धी अवलोकन गर्नुका साथै विभिन्न सभा, समारोह, गोष्ठीजस्ता कार्यक्रमसमेत सञ्ंचालन गर्न सहज होस् भन्ने उद्देश्यले बृज पार्कको निर्माण गर्न लागिएको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले जानकारी दिनुभयो ।
नेपाल पर्यटन बोर्ड पोखरा, जिविस पर्वत र कुश्मा नगरपालिकाको सहयोग तथा पर्वत पर्यटन प्रवद्र्धन केन्द्रको आयोजनामा बृज पार्कको निर्माणकार्य अघि बढाइएको हो । उक्त पार्क्भित्र विभिन्न मनोरम दृश्य, बस्नका लागि कटेज, कार्यक्रम गर्नका लागि हल, शौचालय तथा मनोरञ्जनात्मक दृष्यहरु निर्माण गरिने छ । ऊर्जाखोलाका रुपमा परिचित मोदीखोला र पुलसँगै हेर्न र दृष्य लिन मिल्नेगरी डिलमा रेलिङसमेत निर्माण गरिने भएको छ ।

उक्त पार्क निर्माणका लागि रु २५ लाख लागत लाग्ने अनुमान गरिएको छ । पर्यटन बोर्डले पहिलो चरणमा रु तीन लाख उपलब्ध गराएको छ । एक वर्ष्भित्र सम्पन्न गर्ने गरी निर्माणकार्य अघि बढाइएको हो । यस्तै जिल्लाको अर्को अग्लो पुल बडागाउँ–मुडिकुवा पुलको निर्माण कार्य करिब ८० प्रतिशत पूरा भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल