८ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

किसानलाई दैनिक १६ लाख रूपैयाँ

१२ आश्विन २०७३, बुधबार ०७:०३

असोज १२, मोरङ । दुग्ध वितरण आयोजना विराटनगरले पूर्वाञ्चलका आठ जिल्लाका किसानलाई दैनिक १६ लाख रूपैयाँ भुक्तानी गर्न थालेको छ । 

आयोजना प्रमुख ईश्वरीराज न्यौपानेका अनुसार पूर्वको इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, तेह्रथुमका गरी २० हजार किसानबाट दैनिक सरदर ४२ हजार लिटर दूध सङ्कलन गर्नुका साथै त्यसबापत किसानलाई दैनिक १६ लाख रूपैयाँ भुक्तान गर्दै आएको हो । सङ्कलित दूधमध्ये दैनिक १२ हजार जति बिक्री गरेर बाँकीको दही, पनिर, आइसक्रिम र धुलो दूध बनाउने गरेको छ । 

दुग्ध वितरण आयोजनाबाट हजारौँ किसान लाभान्वित हुँदै आएका छन् । विद्युत्भार कटौतीको समस्या, दुग्ध पदार्थको भण्डारण गर्ने ठाउँको अभाव, पुरानो धुलो दूध कारखाना, पुँजीको अभाव, सहयोगी संस्थाहरूसँग समन्वयको अभाव आदि कारणले सन्तोषजनक ढङ्गले काम गर्न नसकेको बताइन्छ । 

अनुकूल परिस्थिति बन्दै गएमा निकट भविष्यमै धुलो दूध कारखानाको क्षमता तीन टनबाट ६ टन बनाइने, उत्पादनमा विविधीकरण र प्याकेजिङमा सुधार ल्याउने, उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउने, वित्तीय संस्थासँग समन्वय गरी सहुलियत दरमा किसानलाई गाईभैँसी पालनमा ऋण लगानी गर्ने, सुनसरी, सप्तरी, झापा, इलाम, पाँचथर, धनकुटामा रहेका कर्मचारीको क्षमता अभिवृद्धि गर्ने योजना रहेको दुग्ध वितरण आयोजना विराटनगरका आयोजना प्रमुख न्यौपानेको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थाइल्याण्ड र म्यानमार जाने नेपालीका लागि ३ बुँदे ट्राभल एडभाइजरी जारी टाउकोमा सिलौटाले हानेर २२ वर्षिया श्रीमतीको हत्या ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनु राम्रो हुन्छ : योगेश भट्टराई नेप्सेमा २८.९१ अंकको वृद्धि भ्वाइस अफ नेपाल-६ काे काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना, प्रोमो सार्वजनिक (भिडियो) बालकोटमा बाबु–छोरा मृत फेला: केही दिनअघि मात्रै काठमाडौं आएका थिए बाबु, कोठा भाडामा लिएर अध्ययन गर्दै थिए दुई छोरा सहकारी ठगीको आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ दोषी ठहरिए रवि आजीवन रास्वपा सदस्य समेत हुन नपाउने पाँच देशका नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण सभामुखलाई भेटेर रास्वपा सांसदले भने: ‘रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन’ डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापति बनाउने तयारी जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ बालकोटमा डेरा गरी बस्ने बुबा–छोरा मृत फेला, सँगै बस्दै आएका अर्का छोरा सम्पर्कबिहीन रविको सांसद पद निलम्बनबारे दीपक बोहरा भन्छन्ः ‘राजनीतिक पूर्वाग्रहले प्रेरित भएर निलम्बन गर्न खोजियो’ एनपीएलको फाइनलमा क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ अमेरिकामा रेलभित्रै आगो लगाएर एक महिलाको हत्या हिरासतमा रहेका रविको फोटो सार्वजनिक गर्ने निकोलस भुसाललाई पोखरा पठाइयो आज फेरि बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ? थुनछेक बहसका लागि रविलाई अदालत लगियो, न्यायाधीश राईको इजलासमा पेशी ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड, ६ जना पक्राउ