३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कामै नसकि ओलीले आफ्नो नाम लेखाएर अनावरण भएको धरहराको शिलालेख झिकियो

२८ जेष्ठ २०८०, आईतवार ०७:३१

जेठ २८, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणको कामनै नसकि नयाँ धरहरामा अनावरण गरिएको शिलालेख हटाइएको छ । ओलीले आफ्नो नाम लेखाउन हतारमा धरहरा उद्घाटन गरेका थिए । जसको काम अझै सकिएको छैन । 


टावरकै फिनिसिङ भएको छैन । साथै टावरसँगैका धेरै संरचना अझै निर्माणकै क्रममा छ । तात्कालिन प्रधानमन्त्री ओलीले बाहिरी संरचना नबन्दै धरहराको उद्घाटन गरेको बिषयमा आलोचना समेत हुँदै आएको छ । उद्घाटन भएपछि सर्वसाधारणलाई खुला गर्नुपर्ने धरहरा दुई बर्ष अघि २०७८ बैशाख ११ गते उद्घाटन गरिएको थियो । 

काम नसकी उद्घाटन भएको धरहराको बाँकी काम गर्न शिलान्यासले समस्या पारेपछि हाल निर्माण कम्पनीले नै झिकेर स्टोरमा थन्काएको छ । धरहरा पुनर्निर्माणको जिम्मा पाएको रमण कन्स्ट्रक्सनले शिलालेख अस्थायी रुपमा राखिएको अहिले फिनिसिङ गर्नको लागि झिकेर राखिएको बताएको छ । उक्त शिलालेख बाँकी काम सकेर पुन:स्थापित गरिने जानकारी दिईएको छ ।

हाल पुनर्निर्माणको काम जारी नै छ । उद्घाटन भएको दुई बर्ष एक महिना बितिसक्दा अझै टावरतर्फको बेसमेन्टका काम सकिन बाँकी छ । टावर उद्घाटन हुँदा बाहिरबाट मात्र बनेको जस्तो देखिएको थियो । टावरसम्म पुग्ने भर्याङको काम सकिएको थिएन । धरहरामा संग्रहालय निर्माणको काम अझै बाँकी छ । त्यसो त बाहिरी संरचनाको काम अझै बाँकीनै छ । काम सुस्त गतिमा भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ