२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उत्पादन बृद्धीका लागी पशु सेवा कार्यालय डडेल्धुराले अनुदान दिने

१२ आश्विन २०७३, बुधबार १६:२९

असोज १२, डडेल्धुरा | जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले चालु आर्थिक बर्ष २०७३÷०७४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार पशु सेवा प्रसार कार्याक्रम निक्षेपित र सहकारी खेती कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विभिन्न कार्यक्रमहरु सहकार्य गरि संचालन गर्ने लक्ष्य रहेकाले पशु सेवा सम्बन्धि समुह, समिती, सहकारी, उद्यमी, फार्महरुलाई आफुले गर्न चाहेको कार्यका लागी निवेदन दिन कृषकहरुलाई आह्वान गरेको छ । पशु सेवा प्रसार कार्यक्रम अन्तरगत व्यवासायिक कुखुरा फार्महरुका लागी जैविक सुरक्षा सामाग्री वितरण, डाले घांसको नर्सरी स्थापना, मासु पसल सुधार, डेरी पसल सुधारका कार्याक्रम रहेको जनाएको छ । गणेशपुर, असिग्राम, मष्टामाण्डौ, चिपुर, देवल, बगरकोट, गांखेत गाविसमा वोयर बोका वितरणको कार्यक्रम रहेको छ । भैसी पालन समुह, समिती, सहकारी, व्यवसायिक फर्मका लागी पाँच वटा रांगो वितरण गरिने पशु सेवा कार्यालयले जनाएको छ । अमरगढी नगरपालिका भित्र एउटा चिलर मेसिन वितरण गरिने, भँैसीको पिउने पानिका लागी रुपाल, भागेश्वर, भद्रपुर, अजयमेरु, समैजी गाविसमा पोखरी तथा आहाल निर्माण गरिने जनाईएको छ । यस्तै सहकारी खेती कार्यक्रमका लागी १÷१ को संख्यामा सहकारी बंगुर र कुखुरा पालनको कार्यक्रम रहेको छ ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण÷रंगुन नदी प्रणाली सघन आयोजना अन्तरगत सहकार्यमा १० वटा वायोग्यास निर्माणका लागी प्रति वायोग्यास १५ हजार रुपैया अनुदान दिने पशु सेवा कार्यालयले जनाएको छ । यस्तै सहकार्यमा ४० वटा गाई, भैसीको गोठ, गोठ सुधारका लागी प्रती गोठ १० हजार रुपैया अनुदान राखेको छ । सहकार्यमा नै ५० वटा बाख्राका खोर सुधार कार्यक्रमका लागी प्रति खोर पाँच हजारका दरले अनुदान दिईने छ । डडेल्धुराको भित्रि मधेश क्षेत्र परशुराम नगरपालिका र आलिताल गाविस क्षेत्रमा संञ्चालन हुने कार्यक्रममा गरिव विपन्न, सिमान्तकृत तथा महिलालाई प्राथमिकता दिईने छ । वायोग्यास निर्माण तर्फ पाँच गाई भैँसी अनिवार्य हुनु पर्ने पशु सेवा कार्यालय डडेल्धुराले जनाएको छ ।

युवाहरुलाई पशु उत्पादन व्यवसायिक गाई, भैसी तथा बाख्रा पालन कार्यक्रम अन्तरगत युवा लक्षित व्यवसायिक फार्म सुदृढीकरण कार्यक्रमका लागी कम्तिमा ५० प्रजन्न योग्य माउ बाख्रा र गाई भैसीको हकमा पाँच÷पाँच दुधालु गाई भैसी हुनु पर्ने, वास्तविक लक्षित वर्ग विदेशबाट फर्केको, प्राबिधिक दृष्टिकोणले उपयुक्त भएको, ५० प्रतिशत लगानी भएको हुनु पर्ने जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला