२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाढी पहिरो प्रभावित क्षेत्र अध्ययनका लागि भू—गर्वविद्को टोली प्यूठानमा

१२ आश्विन २०७३, बुधबार १७:५५

असोज १२, प्यूठान | गत साउन १० र ११ गते आएको बाढी पहिरोले प्रभावित भएका जिल्लाका विभिन्न गाविसहरुमा प्रारम्भिक अध्ययनको लागि भूगर्व्विद्को टोली आएको छ । उद्योग मन्त्रालय अन्तर्गत खानी तथा भूगर्व विभागका नारायण अधिकारी र रोशन कोइराला प्रभावित क्षेत्रमा स्थलगत अध्ययनका लागि पुगेका छन् । 

पहिरोले सवैभन्दा बढी मानवीय क्षति भएको फोप्ली सहित खवाङ, लिघा, डामृ, अर्खा, रजवारा, पूँजा र लुङको बस्तीमा पुगेर टोलीले अध्ययन गर्ने बताइएको छ । प्रारम्भिक अध्ययनको नतिजा एक साताभित्र आउने अध्ययन टोलीका सदस्य रोशन कोइरालाले जानकारी दिए । जमिन चर्केको अवस्था, भुगोल लगाएत विषयमा प्रारम्भिक अध्ययन गरिने उनले बताए । ‘एक हप्ताभित्र सवै गाविसमा पुगेर अध्ययन गर्ने योजना छ’,उनले भने,‘शुरुमा फोप्लीबाट अध्ययन थालेका छौँ ।’ प्रारम्भिक नतिजा पश्चात विस्तृत अध्ययन(डिपिआर)का लागि थप टोली आउने उनले जानकारी गराए । 

मंगलवार फोप्लीको चारीवाङ, भृकुना, गातिना र ठूलोगाउँमा भूगर्व्विद्को टोलीलाई अध्ययनका लागि देखाइएको फोप्ली गाविसका सामाजिक परिचालक यूवराज भण्डारीले जानकारी गराए । पहिरोले घरगोठ बगाएपछि फोप्लीका झण्डै ७१ घरपरिवार आफन्तको घरगोठ र सार्वजनिक स्थानमा त्रिपाल राखेर बसेका छन् । भूगर्व्विद्को टोलीले निकालेको अध्ययनबाट प्रभावित क्षेत्रमा बस्ती विकासको योजना बनाइने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी गराए । (एलिसा बस्नेतबाट प्राप्त समाचार)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला