२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दसैँको मुखमा पूर्वी पहाडी जिल्लामा खाद्यान्नको अभाव

१३ आश्विन २०७३, बिहीबार ०६:४९

असोज १३, पाँचथर । नेपालीहरुको महान् पर्व दसैँ तिहार नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला पाँचथरको अधिकांश सडक अवरुद्ध हुँदा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको छ । 

वर्षादका कारण ठाउँ ठाउँमा पहिरो झरेको हुँदा सदरमुकामलगायत झापाका विभिन्न सहर बजारबाट खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानी गर्न नसक्दा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको हो । 

जिल्लाको दुर्गम र उत्तर पूर्वी गाविसहरु मेमेङ, प्राङ्बुङ, दक्षिणी गाविसहरु सराङडाँडा, कुरुम्बा, लिम्बा, दूरदम्बीलगायतका गाविसमा अहिले खाद्यान्न अभाव हुन थालेको व्यापारीहरु बताउँछन् । मेमेङ–४ ताङ्लेपाका व्यापारी मित्र सापकोटाले अहिले त्यस ठाउँमा चामल, चिउरा, तेल, चिनी, दाललगायतका सामग्रीको अभाव हुन थालेको बताउनुभयो । 

यस्तै जिल्लाको दक्षिणी भेगको अवस्था झनै बेहाल छ । राँके रवि सडकको ट्र्याक ओपन भएको तीन दशक भइसक्यो, तर अहिलेसम्म यो सडकको कालोपत्रे त परै जाओस् स्तरोन्नतिसमेत हुन सकेको छैन । जसका कारण अहिले यो सडक ठप्प छ भन्दा फरक नपर्ने स्थानीयवासी बताउँछन् । 

झापाबाट सामान लिएर राँके हुँदै सप्तमी, रवि, मौवा, आङ्नालगायतका ग्रामीण बजारमा हिँडेको ट्र्याक्टर राँकेबाट झन्डै एक हप्तापछि मात्रै पुग्ने गरेको त्यहाँका व्यवसायी बताउँछन् । 

सप्तमी बजारका व्यवसायी सन्तोष शेर्माले भन्नुभयो – “राँके रविको सडकमा जिप, मोटरसाइकल नचलेको झन्डै चार महिना हुन लाग्यो अहिले ठप्प छ, अन्यत्र विकल्प नभएर सामान चाहिँ यही सडकबाट ल्याउनुपर्ने हुन्छ, तर सामान अर्डर गरेको हप्ता दशदिनपछि मात्रै आइपुग्छ ।” अहिले त्यस क्षेत्रमा समेत दसैँका लागि चाहिने खाद्यान्न, चामल, चिउरा, दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ ।” त्यस क्षेत्रमा झापाको दमकबाट रतुवाको दोभान हुँदै इलामको लारुम्बा रवि, सप्तमी, आङ्ना, मौवा, कुरुम्बातिर सवारी साधान सञ्चालन हुने गर्छन् । 

अहिले यो सडक पनि रतुवाखोलामा पानीको बहाव बढेपछि चार महिनाअघिदेखि नै बन्द छ । जसका कारण यो सडकबाट पनि झापाबाट सामान निर्यात गर्न नसकिएको व्यापारीको भनाइ छ । अहिले निरन्तरको वर्षाका कारण जिल्लाका अधिकांश सडक बिग्रिएपछि स्थानीयवासीले सास्ती खेप्न बाध्य छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला