२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवनमा पानीमा कालोबजारी गर्ने पाँच जना व्यवसायी पक्राउ

२०७३, १३ आश्विन बिहीबार ०७:०५

असोज १३, चितवन । जिल्ला प्रशासन कार्यालयले पानीमा कालोबजारी गरेको भन्दै भरतपुरबाट पाँच जना व्यवसायीलाई बुधबार नियन्त्रणमा लिएको छ । 

अधिकतम मूल्य रु १८।–को पानीलाई रु २५।– लिई बिक्री गरेको आरोपमा भरतपुर केन्द्रीय बसपार्कबाट न्युएरा प्रोभिजनल स्टोर्स, गुप्ता पान भण्डार, राधिका कोल्ड स्टोर्स, कालीगण्डकी कोल्ड स्टोर्स र आर बिसी फुड एन्ड जुस हाउस सञ्चालकलाई नियन्त्रणमा लिएको हो । 

स्थानीय उपभोक्ता अधिकार संरक्षण मञ्चले गरेको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

उनीहरुलाई कालोबजारी ऐनअनुसार मुद्दा दर्ता गरी कारबाही गरिने जिल्ला कार्यालयका खाद्य निरीक्षक नवीन देउजाले बताउनुभयो । 

यसैबीच जिल्ला प्रशासन कार्यालय र उपभोक्ता अधिकार संरक्षण मञ्चले बजारका खाद्य पसल अनुगमन गरेको छ । 

टोलीले साल्ट टेडिङ कर्पोरेसन लिमिटेडको गोदामसहित आनन्द मार्गका एक दर्जन थोक विक्री गर्ने खाद्य पसल अनुगमन गरेको देउजाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट