२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अवरुद्ध बारपाक सडक खुल्यो

१३ आश्विन २०७३, बिहीबार ०९:११

असोज १३, गोरखा । गत असारदेखि अवरुद्ध रहेको गोरखा सदरमुकामदेखि बारपाकसम्मको सडक आजदेखि सञ्चालन भएको छ । 

बालुवादेखि बारपाकसम्म करिब १५ किलोमिटर सडक मर्मत गरेपछि बारपाकसम्म साना ट्रक, ट्र्याक्टर तथा जिप सञ्चालन भएका छन् । यद्यपि यात्रुबाहक बस सञ्चालनमा कठिनाइ रहेको छ । 

सडक सञ्चालनमा आएपछि खाद्यान्न र निर्माण सामग्री ढुवानी हुने भन्दै बारपाकवासी खुसी भएका छन् । दसैँको मुखमा सडक सञ्चालनमा ल्याइएको हो । सडक अवरुद्ध हुँदा घरहरु पुनःनिर्माणको काम हुन सकेको छैन । निर्माण सामग्री ढुवानीको कठिनाइले पुनःनिर्माणको कामले गति नलिएको स्थानीयवासी तेजबहादुर घलेको भनाइ छ । बारपाक भूकम्पको केन्द्रविन्दु रहेको ठाउँ हो । 

जिल्लास्थित एघारकिलो बारपाक सडक कार्यालयले बारपाक सडक मर्मत गरी खुलाएको हो । बारपाकदेखि लाप्राक हुँदै गुम्दासम्मको सडक मर्मतको प्रक्रिया अघि बढेको छ । सडक सञ्चालन भएको भन्दै भूकम्पपीडितले घर पुनःनिर्माणलाई तीव्रता दिने बताएका छन् । यस्तै जिल्लाका ३२ वटा ग्रामीण सडक मर्मतको काम सुरु भएको छ । 

दसैँअघि सबै ग्रामीण सडकमा यात्रुबाहक बस चल्न सक्ने बनाउने स्थानीय विकास अधिकारी नारायण आचार्यले बताउनुभयो । भच्चेक, पालुङ्टार, आरुघाटलगायत मुख्य व्यापारिक केन्द्र जोड्ने सडक मर्मतको काम अन्तिम चरणमा पुगेको छ । सडक मर्मतका लागि जिविसले आवश्यक बजेट विनियोजन गरिसकेको जनाएको छ । 

सडक कार्यालय र जिविसले ग्रामीण सडक मर्मतमा तीव्रता दिएका हुन् । गोरखादेखि बारपाक, भच्चेक, आरुघाटजस्ता सडक आगामी तीन वर्षभित्रमा कालोपत्रे भइसक्ने भन्दै सडक कार्यालयका प्रमुख प्रेमप्रकाश खत्रीले तीन वर्षमा १५० किमी सडक कालोपत्रे हुने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला