२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झापामा दुई करोडको लागतमा ‘फन पार्क’ निर्माण

२०७३, १३ आश्विन बिहीबार ०९:५३

असोज १३, झापा । पर्यटन प्रवद्र्धनलाई बढवा दिने उद्देश्यले झापाका चारजना युवाले रु दुई करोडको लगानीमा ‘द वल्र्ड फन पार्क’ निर्माण गरेका छन् । 

जिल्लाको शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वर धाम नजिकै उनीहरुले सो पार्क निर्माण गरेका हुन् । पूर्वाञ्चलमा नै पहिलोपटक आधुनिक र सुविधासम्पन्न पार्कका रुपमा रहेको सो पार्कमा सुरज जोशी, सुरेन्द्र गुरागार्इं, समीर मोदी र राजनारायण साहको लगानी रहेको छ । 

एक लाख ८५ हजार वर्गफिटमा फैलिएको उक्त पार्कमा दुई वर्ष माथि उमेर समूहका जो कोहीले भरपुर मनोरञ्जन लिन सकिने छ । भारतका सिक्किम, दार्जिलिङ, मिरिक, सिलगढी लगायतका पर्यटकलाई लक्षित गर्दै सो पार्क सञ्चालनमा ल्याइएको हो । 

पच्चीस वर्षका लागि जग्गा लिजमा लिएर पार्क निर्माण गरिएको र पार्कमा २० जनाले रोजगारी पाएको पार्क निर्माण समितिका अध्यक्ष जोशीले बताउनुभयो । एसी र डिलक्स भिआइपी लजको समेत व्यवस्था गरेर सञ्चालनमा ल्याएको सो पार्क निर्माणसँगै पूर्वाञ्चलवासी उत्साहित बनेका छन् । 

पार्कमा वनभोजस्थल समेत रहेको छ । विद्यालय पोसाकमा विद्यार्थीलाई प्रवेश निषेध गरिएको छ । वार्षिक पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पार्क सञ्चालनमा ल्याइको बताइएको छ । पार्कमा वाटरबल बोटिङ, सुमो स्विट, पेन्ट बल, एटिभीबाहेक रेन्ड डान्स, बाटर जर्ब, बडी जर्ब मोनोक्रोम रेस्टुरेन्ट, किड्स जोनको सुविधा छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट