२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुई वर्षपछि नाफामा आयो एलपीजीको बिक्री मूल्य

१८ असार २०८०, सोमबार ०९:२८

असार १८, काठमाडौँ | नेपाल आयल निगमले घाटा खान थालेको करिब २ वर्षपछि एलपी ग्यासको मूल्य नाफामा आएको छ । इण्डियन आयल कर्पोरेशनले जुलाई १ मा पठाएको नयाँ मूल्यसूचीअनुसार झण्डै २ वर्षपछि एलपीजीको बिक्री मूल्य नाफामा आएको हो ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार सन् २०२० अक्टोबर १६ देखि एलपीजीको बिक्री मूल्य घाटामा जान थालेको थियो । त्यसयता पहिलोपटक जुलाई १ तारिखको मूल्यसूचीबाट प्रतिसिलिन्डर ७ रुपैयाँ नाफामा आएको हो । १६ अक्टोबर २०२० अघि प्रतिसिलिन्डर एलपी ग्यासको बिक्रीमा ४६ रुपैयाँ नाफा थियो ।

रुसले छिमेकी मुलुक युक्रेनमा सैन्य हमला गरेपछि सबैजसो पेट्रोलियम पदार्थको मूल्य बढ्न सुरु भएको थियो । लगत्तै डिजेल, पेट्रोल, हवाई इन्धन लगायत खाना पकाउने एलपी ग्यासको समेत मूल्य बढ्न थाल्यो । उक्त समयमा एलपी ग्यासको उपभोक्तालाइक्षर्् बिक्री मूल्य प्रतिसिलिन्डर १६ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य नै १६ सय रुपैयाँभन्दा माथि पुगेर २६ सय ५० रुपैयाँ प्रति सिलिन्डरसम्म पुगेको थियो । १६ मे २०२२ मा प्रतिसिलिन्डरको खरिद लागत २६ सय ५० रुपैयाँ पुगेपछि प्रतिसिलिन्डर घाटा १०५० सम्म पुगेको प्रवक्ता ठाकुरले बताए ।

‘भारतबाट जुलाई १ मा आएको पछिल्लो तथ्यांकअनुसार प्रतिसिलिन्डर ७ रुपैयाँ नाफामा छ,’ ठाकुरले भने, ‘यो सन् २०२० को अक्टोबर १६ यताको पहिलोपटकको नाफा हो ।’ प्रतिसिलिन्डर २६सय ५० रुपैयाँसम्म खरिद लागत पुगेपछि निगमले बिक्री मूल्य एकैपटक २०० रुपैयाँसम्म बढाएको थियो ।

हाल बजारमा प्रतिसिलिन्डर ग्यास १८ सय रुपैयाँमा बिक्री भइरहेको छ । जुलाई १ मा १६१ रुपैयाँ प्रतिसिलिन्डर घटेर आएसँगै खरिद लागत १९ सय ९७ रुपैयाँ कायम भएको छ । यससँगै, प्रतिसिलिन्डर एलपी ग्यासको बिक्रीमा ७ रुपैयाँ नाफा हुन लागेको हो ।

चालू आर्थिक वर्ष २०७९÷८० को ११ महिनाको अवधिमा ५४ अर्ब ३२ करोड रुपैयाँभन्दा धेरैको एलपी ग्यास आयात भएको छ । यस अवधिमा विदेशबाट ४७ करोड ४० लाख किलोग्राम एलपी ग्यास आयात भएको हो । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १ करोड ५७ लाख किलोग्राम कम हो ।

गत वर्षको यही अवधिमा एलपीजीको आयातमा ५९ अर्ब १६ करोड बाहिरिएको थियो । यो चालू आर्थिक वर्षको तुलनामा ४ अर्ब ८४ करोड बढी हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ