२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महिनाकै ३ अर्ब नाफा असुल्ने निगमले कहिले घटाउँछ इन्धनको मूल्य ?

१८ असार २०८०, सोमबार १२:३४

असार १८, काठमाडौँ |  ९ महिनाअघि भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नेपाल आयल निगमले तिर्नुपर्ने बक्यौता रकम २३ अर्ब ६० करोड थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गए पनि सोअनुसार नेपालमा मूल्य समायोजन नगरी, उपभोक्तालाई मूल्यमा भार पारेर नाफा कमाउँदै गएको निगमले अन्ततः ९ महिनामै आईओसीको सबै बक्यौता चुक्ता गरेको छ ।

अहिले निगमले उपभोक्तालाई बेचिरहेको पेट्रोलबाट लिटरमै १२ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ, मट्टितेलमा २७ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ३७ र बाह्य इन्धनमा प्रतिलिटर ५७ रुपैयाँ नाफा लिइरहेको छ । खाना पकाउने ग्यासमा समेत निगम प्रतिसिलिण्डर ७ रुपैयाँ नाफामा छ ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सबै इन्धनबाट गरी आगामी पाक्षिक अवधिमा १ अर्ब ६० करोड नाफा हुनेछ । अर्थात् १ महिनामा निगमको नाफा ३ अर्बभन्दा बढी हुनेछ । ‘धेरै समयपछि ग्यासमा रहेको निगमको नोक्सानी अहिले हटेको छ, आईओसीको बक्यौता पनि करिब सबै तिरेका छौं’ उनले भने ।

यसअघि आईओसीको ‘बक्यौता’लाई कारण देखाउँदै नेपालमा मूल्य नघटाएको निगमले अब कहिले घटाउँछ मूल्य ? इन्धन बेच्न एकाधिकार पाएको सरकारी स्वामित्वको यो कम्पनीले इन्धनको मूल्य समायोजन गरी उपभोक्तालाई ठूलो राहत दिन सक्छ । इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँसम्म निगम व्यवस्थापनले नै घटाउने वा बढाउने निर्णय गर्न सक्छ तर सोभन्दा माथि घटबढ गर्नुपर्ने अवस्थामा सञ्चालक समितिले नै निर्णय गर्नुपर्छ । निगमले मूल्य घटाउने गृहकार्य गरेको प्रवक्ता ठाकुरले जानकारी दिए । सञ्चालक समिति स्रोतका अनुसार आजभोलि नै मूल्य घटाउनेगरी बैठक बस्ने तयारी छ ।

निगमले नेपाल सरकारबाट लिएको ऋण रकम पनि किस्ताबन्दीमा चुक्ता गर्दै आएको छ । सरकारलाई तिर्नुपर्ने निगमको ऋण रकम हाल ६ अर्ब ३० करोड रुपैयाँ रहेको ठाकुरले जानकारी दिए । ‘सरकारको ऋण रकम किस्ता किस्तामा भुक्तानी गर्दै आएका छौं’ उनले भने ‘५ वर्षमा १० किस्तामा चुक्ता गर्नेगरी लिएका थियौं, सो अनुसार नै तिर्दै जानेछौं ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ