साउन ३, काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ४९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । असार २९ गते चाँदीको मूल्य १ हजार ४ सय ८० रुपैयाँ रहेको थियो ।