२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोटरसाइकलको ‘ब्रेक प्याड’ भन्दै ल्याइएको थियो सुन, १३ प्याकेज अझै गायव

४ श्रावण २०८०, बिहीबार ०९:४६

साउन ४, काठमाडौँ । तस्करी गरि नेपाल एअरपोर्टबाट छिराईएको सुनलाई क्याथे प्यासेफिकको उडानमार्फत मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको पाईएको छ । 

विमानबाट आएका समातिएकै प्याकेज जस्तै अरु पनि १३ प्याकेज थिए । ति प्याकेजहरुमा पनि सुन हुनसक्ने आशङ्कामा राजश्व अनुसन्धान विभागको टोलीले जाँचबुझ गरेको छ । तर ती प्याकेजहरू फेला परेको छैन । 

यस अघि भेटिएको करिब १ सय किलो अवैध सुन बुढानीलकण्ठमा कार्यालय रहेको रेडी ट्रेड प्रालिले मगाएको पाइएको छ । उक्त कम्पनीले मगाएको उस्तै प्याकेजमा अर्को खेप रहेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागको टोली त्रिभुवन विमानस्थल भन्सार कार्यालय आइपुगेको थियो । 


भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले दिएको जानकारी अनुसार सो विमानबाट ३६ वटा प्याकेज आएका थिए । जसमध्य भन्सार कार्यालयमा १३ वटा प्याकेज अझै बाँकी रहेका थिए । तर अनुसन्धानको क्रममा ति १३ वटा प्याकेज फेला परेको छैन । भन्सार बिभागको गोदाममा अन्य सामानको चेकजाँच गर्ने तयारी गरिएको छ ।

रेडी ट्रेड प्रालिको तर्फबाट भन्सार एजेन्ट (१५२) नम्बरका यादव पराजुलीको एजेन्ट नम्बर प्रयोग गरेर राजेन्द्र राईले त्रिभुवन विमानस्थल कार्यालयबाट सामान बुझेको पाइएको छ । राजेन्द्रले साउन २ मा १२ प्रज्ञापन पत्र भरेर सामान जिम्मा लिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ