२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुन ल्याउने तस्करहरुले तीन महिनामै २९ पटक एकै परिमाणमा ‘ब्रेक सु’ भन्दै कार्गो ल्याएका थिए

५ श्रावण २०८०, शुक्रबार ०२:११

साउन ५, काठमाडौँ । सुन ल्याउने तस्करहरुले तीन महिनाको अवधिमा एकै मात्रामा २९ पटकसम्म 'ब्रेक सु' विमानस्थल भन्सार कार्यालयबाट नेपाल भित्र्याएको पाइएको छ । हङकङबाट आउने अटो पार्ट्स भनि लेखिएको कार्गो शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएपछि राजश्व अनुसन्धानले भेटेको थियो । त्यसपछि भएको अनुसन्धानको क्रममा सुन तस्करीको धेरै रहश्य खुल्दै गएको छ ।

रेडी ट्रेड प्रा.लि. नामको कम्पनीको नाममा आएको मोटरसाइकल र स्कुटरको १६० सेट ‘ब्रेक शु’ ८ वटा प्याकेटमा थियो । अनुसन्धानको क्रममा एउटा ब्रेक शु बाहेक सबैमा सुन भेटिएको छ । ब्रेक सुमा रहेको सुनको मात्रा कति छ जोख्न बाँकी छ । राजश्व अनुसन्धान अधिकारीहरुले सामात्नु अघि उक्त 'ब्रेक सु' शंका लागेर खोलेर समेत हेरेको बताइएको छ । तर भन्सार अधिकारीहरुले नचिनेको बताइएको छ । 

यसअघि यहि कम्पनीले उही परिमाणमा सुन तस्करी गरेको आशंका छ । अनुसन्धानको लागि भन्सार विभागका अधिकारीहरु समेत तानिने भएका छन् । सामान्य २१ बर्षीय मजदूरको नाममा २९ चैत २०७९ मा कम्पनी खोलि उक्त कम्पनीको नाममा २९ पटकसम्म कार्गो आयात भएको र त्यसमा नियमित सुननै आयात भएको हुनसक्ने बताइएको छ । अनुसन्धान अधिकारीका अनुसार हरेक पटकमा १६० थानका दरले ब्रेक सु आएको देखिएको छ । यसरी नियमित सुन ल्याउने आँट भन्सार अधिकारीहरुको सेटिङ बिना सम्भव नहुने बताइएको छ । 


विमानस्थल हातामा बरामद भएको सुन प्रकरणमा छानबिनका लागि भन्दै भन्सार विभागले दुई कर्मचारीसहित तीन जनालाई निलम्बन गर्ने निर्णय गरेको छ । यसरी निलम्बनमा पर्नेहरुमा भन्सार जाँचमा संलग्न खरिदार यादव पराजुली, भन्सार एजेन्ट कुमार ढकाल र कर अधिकृत सन्तोष चन्द रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ