२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुन ल्याउने तस्करहरुले तीन महिनामै २९ पटक एकै परिमाणमा ‘ब्रेक सु’ भन्दै कार्गो ल्याएका थिए

२०८०, ५ श्रावण शुक्रबार ०२:११

साउन ५, काठमाडौँ । सुन ल्याउने तस्करहरुले तीन महिनाको अवधिमा एकै मात्रामा २९ पटकसम्म 'ब्रेक सु' विमानस्थल भन्सार कार्यालयबाट नेपाल भित्र्याएको पाइएको छ । हङकङबाट आउने अटो पार्ट्स भनि लेखिएको कार्गो शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएपछि राजश्व अनुसन्धानले भेटेको थियो । त्यसपछि भएको अनुसन्धानको क्रममा सुन तस्करीको धेरै रहश्य खुल्दै गएको छ ।

रेडी ट्रेड प्रा.लि. नामको कम्पनीको नाममा आएको मोटरसाइकल र स्कुटरको १६० सेट ‘ब्रेक शु’ ८ वटा प्याकेटमा थियो । अनुसन्धानको क्रममा एउटा ब्रेक शु बाहेक सबैमा सुन भेटिएको छ । ब्रेक सुमा रहेको सुनको मात्रा कति छ जोख्न बाँकी छ । राजश्व अनुसन्धान अधिकारीहरुले सामात्नु अघि उक्त 'ब्रेक सु' शंका लागेर खोलेर समेत हेरेको बताइएको छ । तर भन्सार अधिकारीहरुले नचिनेको बताइएको छ । 

यसअघि यहि कम्पनीले उही परिमाणमा सुन तस्करी गरेको आशंका छ । अनुसन्धानको लागि भन्सार विभागका अधिकारीहरु समेत तानिने भएका छन् । सामान्य २१ बर्षीय मजदूरको नाममा २९ चैत २०७९ मा कम्पनी खोलि उक्त कम्पनीको नाममा २९ पटकसम्म कार्गो आयात भएको र त्यसमा नियमित सुननै आयात भएको हुनसक्ने बताइएको छ । अनुसन्धान अधिकारीका अनुसार हरेक पटकमा १६० थानका दरले ब्रेक सु आएको देखिएको छ । यसरी नियमित सुन ल्याउने आँट भन्सार अधिकारीहरुको सेटिङ बिना सम्भव नहुने बताइएको छ । 


विमानस्थल हातामा बरामद भएको सुन प्रकरणमा छानबिनका लागि भन्दै भन्सार विभागले दुई कर्मचारीसहित तीन जनालाई निलम्बन गर्ने निर्णय गरेको छ । यसरी निलम्बनमा पर्नेहरुमा भन्सार जाँचमा संलग्न खरिदार यादव पराजुली, भन्सार एजेन्ट कुमार ढकाल र कर अधिकृत सन्तोष चन्द रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित