२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतले लगायो बासमतीबाहेकका चामल निर्यातमा रोक

५ श्रावण २०८०, शुक्रबार ०२:३४

साउन ५, काठमाडौँ | भारतले बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहतको विदेश व्यापार महानिर्देशनालयले हिजो एक सूचना निकालेर गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको जनाएको हो ।

निर्यात नीतिअनुरुप गैरबासमती सेतो चामल स्वतन्त्र रुपमा निर्यात गर्न प्रतिबन्ध गरिएको र यो निर्णय तत्कालै लागू भएको महानिर्देशनालयको सूचनामा उल्लेख छ । तर यसअघि नै निर्यातका लागि लोड भइसकेको हकमा भने बाधा पुग्ने छैन ।

भारतमा धानको उत्पादन घट्ने प्रक्षेपणले चामलको मूल्य बढ्न थालेपछि सरकारले निर्यातमा प्रतिबन्ध लगाएको अनुमान छ । भारतले चामल निर्यात रोकेपछि नेपालमा पनि यसको असर पर्ने देखिन्छ । तर व्यवसायीले भारतको पछिल्लो निर्णयले खासै असर नपर्ने दाबी गरेका छन् ।

भारतबाट नेपालमा धेरै बासमती चामल आयात हुने गरेको र अहिले बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएकाले असर नपर्ने उनीहरुको भनाइ छ । भारतबाट नेपालमा बर्सेनि अबौँको चामल आयात हुँदै आएको छ | गत आर्थिक वर्ष २०७९/८० को ११ महिनामा भारतबाट ३३ अर्ब ३७ करोड रुपैयाँ बराबरको धान चामल आयात भएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ