२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

होटल व्यवसायी संघ काठमाडौंको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

१५ आश्विन २०७३, शनिबार ०१:४८

दामोदर नेपाल | काठमाडौं । होटल व्यवसायी संघ काठमाडौं जिल्ला तदर्थ समितिले परिचयात्मक एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

काठमाडौं जिल्लाभरि छरिएर रहेका होटल व्यवसायीहरुका विभिन्न १० वटा संघहरुको छाता संगठनको रुपमा गठन भएको उक्त संघले शुक्रबार राजधानीमा विजया दशमी, दिपावली तथा छठ पर्वका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो । जिल्ला तदर्थ समितिका अध्यक्ष शैलेश कार्कीको सभापतित्व एवं पर्यटन बोर्डका निर्देशक सुनिल शर्माको प्रमुख आतिथ्यता र महानगरीय प्रहरी बृत्त महाराजगञ्जका कार्यालय प्रमुख प्र.ना.उ. गोविन्द पुरीको विशिष्ठ आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको शुरुमा नव गठित २१ सदस्यीय जिल्ला तदर्थ समितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुको परिचय गराइएको थियो ।  


त्यसैगरी कार्यक्रमका अन्य अतिथिीहरुमा सूर्य लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक, सामुदायिक सेवा समितिका अध्यक्ष, नेपाल होटल तथा रेष्टूरेण्ट व्यवसायी संघ केन्द्रीय कमिटीका अध्यक्ष, संयुक्त होटल व्यवसायी संघका अध्यक्ष, लगायत जिल्ला समितिमा आवद्ध सबै नौ वटै संघका पदाधिकारीहरु रहेका थिए । 

राष्ट्रिय गानबाट शुरु गरिएको उक्त शुभकामना आदान प्रदान कार्यक्रमको स्वागत मन्तव्य तदर्थ समितिका सल्लाहकार बीर बहादुर खतिवडाले दिएका थिए । बीच बीचमा शुभकामना गीत एवं आकर्षक नृत्य समेत प्रस्तुत हुँदा कार्यक्रम झनै आकर्षक बनेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि शर्माले सिंगो काठमाडौं जिल्लाको नेतृत्व गर्ने गरी गठन भएको जिल्ला तदर्थ समितिलाई बोर्डका तर्फबाट यथासम्भव सहयोग गर्ने र पर्यटन प्रवर्धनका कार्यहरुमा सहकार्य गरेर जान सकिने विचार व्यक्त गरेका थिए । 

कार्यक्रममा विभिन्न अतिथिहरुले विजया दशमी, दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना मन्तव्य दिंदै नव गठित संघको उत्तरोत्तर प्र्रगतिको कामना समेत गरेका थिए । 


शैलेश कार्कीकौ अध्यक्षतामा गठित उक्त तदर्थ समितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा टिका बहादुर रायमाझी, द्वीतीय उपाध्यक्षमा डि.बी. राई, तृतीय उपाध्यक्षमा प्रभु प्रसाद चौधरी, महासचिवमा ऋषि कुमार चौलागायी, कोषाध्यक्षमा भविश्वर दुबे, तथा सदस्यहरुमा यम बहादुर श्रेष्ठ, दीपक राई, बुद्धि बहादुर बस्नेत, दामोदर नेपाल, श्याम कुमार मण्डल, श्रीमती लक्ष्मी गुरुंग, हौम बहादुर भट्टराई, पूर्ण बहादुर गुरुंग, टेकनाथ अधिकारी, माया गुरुंग, विष्णु पौडेल,गीता गुरुंग, लक्ष्मी भण्डारी ओली रहेका छन् भने सचिव र अन्य १ जना सदस्य खाली रहेको छ । त्यसैगरी सल्लाहकारमा तिल कुमारी घले, सागर बूढा मगर, खड्ग बहादुर थापा, रामसागर मण्डल, ज्ञानु गजमेर, छत्र बहादुर बस्नेत, तिलक कार्की, नारायण गुरुंग रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला