२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साझा मुद्धामा समान दृष्टिकोण राखेर अघि बढ्ने ओखलढुंगाका पत्रकारहरुको प्रतिवद्धता

२०७३, १६ आश्विन आईतवार ०२:०१

असोज १६, ओखलढुंगा । साझा मुद्धामा समान दृष्टिकोण राखेर अघि बढ्ने ओखलढुंगाका पत्रकारहरुले प्रतिवद्धता जनाएका छन् । सहयात्री सामुदायिक रेडियोले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा विकास र परिवर्तनमा हाम्रो भूमिका विषयक अन्तरक्रियामा सहभागि जिल्ला स्थित क्रियाशिल पत्रकारहरुले विकासका साझा मुद्धामा समान दृष्टिकोण राखेर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् । विकासका सबैखाले मुद्धामा एक भएर आवाज उठाउने,राज्यका अभियानहरु प्रभावकारी बनाउन भूमिका खेल्ने,भ्रष्टचार र अनियमितता विरुद्ध एक भएर लाग्ने जिल्लाका सबै सञ्चारमाध्यम र आवद्ध सञ्चारकर्मीहरुले साझा प्रतिवद्धता व्यक्त गरेको सहयात्री सामुदायिक रेडियोका स्टेशन म्यानेजर पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । साझा सबालका प्रदेश नं. १ प्रमुख समेत रहनु भएका न्यौपानेका अनुसार जिल्लामा सञ्चालीत सञ्चारमाध्यमहरुको स्थायित्व र विकासका लागि समान दररेटमा विज्ञापन प्रशारण गर्ने,पत्रकारहरुको पेशागत सुरक्षाका लागि साझा मुद्धामा समानदृष्टिकोण राखेर अघि बढ्ने सहमती भएको छ ।



कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ ओखलढुंगाका कोषाध्यक्ष शिबप्रसाद ढुंगानाले सबै क्षेत्रमा सञ्चारमाध्यमले खेल्ने भूमिकाले महत्व राख्ने भन्दै आफ्नो क्षेत्रबाट सक्दो भूमिका निर्वाह गर्न जिल्ला स्थित सबै सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । कार्यक्रममा सहयात्री सामुदायिक रेडियोका प्रबन्ध निर्देशक जीवन शर्माले सञ्चारक्षेत्रलाई प्रयोग गर्न खोज्नेहरुबाट सचेत हुनुपर्ने भन्दै साझा मुद्धामा एक भएर लाग्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा रमाईलो सामुदायिक रेडियोका स्टेशन म्यानेजर राजकुमार कार्कीले सञ्चारमाध्यमहरु बिच आवश्यक सहकार्य नहुँदा कतिपय निकायले रेडियोको विज्ञापन दररेट नै तोकेर सुचना दिने गरेको भन्दै आज भएको साझा सहमतीले त्यो अवस्था सुधारहुने विश्वास व्यक्त गर्नुभयो । आफ्नो एफएमका लेखा प्रमुख रविन श्रेष्ठले भएका सहमतीहरु कार्यान्वयन गर्नुपर्ने भन्दै सञ्चारका क्षेत्रबाट समुदायको विकासका लागि खेल्नेभूमिका थप प्रभावकारी बनाउन सबैले आ आफ्नो ठाँउबाट सहयोग गर्नुपर्ने बताउनुभयो । त्यस्तै रेडियो ओखलढुंगाका लिलाबहादुर सुनुवारले जिल्लामा सञ्चालीत सबै सञ्चारमाध्यमको व्यवसायिक विकासका लागि पत्रकार महासंघले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा भिजन नेपाल साप्ताहिकका सम्पादक एसबी जेरोले सरकारी कर्मचारीहरुले ओखलढुंगामा सञ्चार क्षेत्रलाई धेरैजसो आफ्नो अनुकलमा प्रयोग गर्ने गरेको भन्दै सचेत हुनुपर्ने बताउनुभयो । पुर्वेली न्यूज संवादाता रेणु पराजुलीले ओखलढुंगाका सञ्चारमाध्यहरुले विकासका लागि खेलीरहेको भूमिका महत्वपूर्ण रहेको भन्दै यसलाई स्थापीत गर्न सबैपक्ष लाग्नुपर्ने बताउनुभयो । पत्रकार देबकुमार दाहालले पत्रकारहरु बिच भएका सहमतीहरु सञ्चार संस्थाहरुले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागि सबै पत्रकारहरुले आवश्यकता अनुसार एक अर्कालाई सहयोग गरेर अघि बढ्ने समेत बताएका छन् । 


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट