असोज- १६, काँकडभिट्टा (झापा) । बिर्तामोडका शिक्षासेवी जयनारायण ढुङ्गानाको निजी लगानीमा पूर्वपश्चिम राजमार्गमा पुल निर्माण भएको छ । 

बिर्तामो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज- १६, काँकडभिट्टा (झापा) । बिर्तामोडका शिक्षासेवी जयनारायण ढुङ्गानाको निजी लगानीमा पूर्वपश्चिम राजमार्गमा पुल निर्माण भएको छ । 

बिर्तामो"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निजी लगानीमा राजमार्गमा पुल

२०७३, १६ आश्विन आईतवार ०२:५०

असोज- १६, काँकडभिट्टा (झापा) । बिर्तामोडका शिक्षासेवी जयनारायण ढुङ्गानाको निजी लगानीमा पूर्वपश्चिम राजमार्गमा पुल निर्माण भएको छ । 

बिर्तामोडको मुक्तिचोक नजिक अदुवा खोलामा ४० वर्षअघि निर्माण गरिएको एउटा पक्की पुल पूर्णरुपमा जीर्ण भएपछि छेउमैमा ढुङ्गानाले फलामे पुल निर्माण गर्नुभएको हो । 

पुलको शनिबार एक समारोहबीच विधिवत् उद्घाटन गरिएको छ । चार फिट ९ इञ्च चौडा र ५७ फिट लम्बाइ रहेको फलामे पुलबाट पैदल यात्री, साइकल, मोटरसाइकल, रिक्सा र सिटी रिक्सा सजिलै ओहोरदोहोर गर्न सक्छन् । 

शङ्कराचार्य पीठ साधुटारका उपाध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडाले पुलको उद्घाटन गर्नुभएको थियो । 

पुलका निर्माता ढुङ्गानाले दानमा गरिएको सामाजिक कार्य भएकाले खर्चको विवरण प्रचारमा ल्याउन अनिच्छा देखाउनुभएको छ । कनकाई एजुकेसन फाउन्डेसनका संस्थापक उहाँ जिल्लामै दानवीरका रुपमा परिचित हुनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट