असोज- १६, काँकडभिट्टा (झापा) । बिर्तामोडका शिक्षासेवी जयनारायण ढुङ्गानाको निजी लगानीमा पूर्वपश्चिम राजमार्गमा पुल निर्माण भएको छ । 

बिर्तामो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज- १६, काँकडभिट्टा (झापा) । बिर्तामोडका शिक्षासेवी जयनारायण ढुङ्गानाको निजी लगानीमा पूर्वपश्चिम राजमार्गमा पुल निर्माण भएको छ । 

बिर्तामो"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निजी लगानीमा राजमार्गमा पुल

१६ आश्विन २०७३, आईतवार ०२:५०

असोज- १६, काँकडभिट्टा (झापा) । बिर्तामोडका शिक्षासेवी जयनारायण ढुङ्गानाको निजी लगानीमा पूर्वपश्चिम राजमार्गमा पुल निर्माण भएको छ । 

बिर्तामोडको मुक्तिचोक नजिक अदुवा खोलामा ४० वर्षअघि निर्माण गरिएको एउटा पक्की पुल पूर्णरुपमा जीर्ण भएपछि छेउमैमा ढुङ्गानाले फलामे पुल निर्माण गर्नुभएको हो । 

पुलको शनिबार एक समारोहबीच विधिवत् उद्घाटन गरिएको छ । चार फिट ९ इञ्च चौडा र ५७ फिट लम्बाइ रहेको फलामे पुलबाट पैदल यात्री, साइकल, मोटरसाइकल, रिक्सा र सिटी रिक्सा सजिलै ओहोरदोहोर गर्न सक्छन् । 

शङ्कराचार्य पीठ साधुटारका उपाध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडाले पुलको उद्घाटन गर्नुभएको थियो । 

पुलका निर्माता ढुङ्गानाले दानमा गरिएको सामाजिक कार्य भएकाले खर्चको विवरण प्रचारमा ल्याउन अनिच्छा देखाउनुभएको छ । कनकाई एजुकेसन फाउन्डेसनका संस्थापक उहाँ जिल्लामै दानवीरका रुपमा परिचित हुनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल