असोज १६, काठमाडौं | दशैंको लागि नयाँ नोट आजबाट वितरण हुँदैछ । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरणका लागि मुद्रा व्यवस्थापन विभाग थापाथलीमा ९ वटा काउन्टरक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, काठमाडौं | दशैंको लागि नयाँ नोट आजबाट वितरण हुँदैछ । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरणका लागि मुद्रा व्यवस्थापन विभाग थापाथलीमा ९ वटा काउन्टरक"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दशैंको लागि सर्वसाधारणलाई आजबाट नयाँ नोट

२०७३, १६ आश्विन आईतवार ०४:४९

असोज १६, काठमाडौं | दशैंको लागि नयाँ नोट आजबाट वितरण हुँदैछ । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरणका लागि मुद्रा व्यवस्थापन विभाग थापाथलीमा ९ वटा काउन्टरको व्यवस्था गरेको छ ।

९ काउन्टर मध्ये जेष्ठ नागरिक, अपांग, अशक्तका लागि एउटा छुट्टै काउन्टरको व्यवस्था गरिएको छ । त्यस्तै तोक आदेश लिएर आउनेहरुका लागि पनि छुट्टै काउन्टर राखिएको छ । बाँकी काउन्टरहरुमा सर्वसाधारणलाई कुपनको आधारमा नयाँ नोट वितरण गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंकले निजी बैंक तथा वित्तीय संस्थालाई पनि २ अर्बका नयाँ नोट दिइसकेको छ । सर्वसाधारणले ती संस्थाबाट पनि नयाँ नोट साट्न सक्नेछन् । गत वर्ष दशैंको बेला ५ अर्ब ६९ करोड रुपैयाँ नयाँ नोट वितरण गरेको राष्ट्र बैंकले यो पटक भने ८ अर्ब रुपैयाँका विभिन्न दरका नयाँ नोट वितरण गर्ने बताएको छ ।

बैंकका अनुसार प्रति व्यक्तिले बैंक मार्फत ५, १०, २०, ५० र सय दरका नयाँ नोट ३७ हजार रुपैयाँसम्म साट्न पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट