प्रज्वल पौडेल । असोज १६, काठमाण्डौ । नेपालीहरुको महानचाड बडादशै नजिकिएसँगै राजधानीमा आवातजावत गर्ने मानिसहरुको भीड बढ्न थालेको छ । यसले गर्दा एकातिर सवारी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पौडेल । असोज १६, काठमाण्डौ । नेपालीहरुको महानचाड बडादशै नजिकिएसँगै राजधानीमा आवातजावत गर्ने मानिसहरुको भीड बढ्न थालेको छ । यसले गर्दा एकातिर सवारी "/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडकपेटीमा पसल संचालन गर्दा पैदलयात्री समस्यामा

१६ आश्विन २०७३, आईतवार ०७:३१


प्रज्वल पौडेल । असोज १६, काठमाण्डौ । नेपालीहरुको महानचाड बडादशै नजिकिएसँगै राजधानीमा आवातजावत गर्ने मानिसहरुको भीड बढ्न थालेको छ । यसले गर्दा एकातिर सवारी साधनले सडकमा ट्राफिक जाम बढाएको छ भने अर्कोतिर सडक छेउमा जथाभावी गरिएको सवारी साधनको पार्किङ, आकाशेपुल, सडकपेटी, फुटपाथमा पसल राख्ने व्यवसायी बढ्न थालेपछि पैदलयात्री समस्यामा परेका छन् । व्यवसायीले जहाँपायो त्यहि पसल राख्न थालेपछि ५ मिनेटको बाटो पनि भीडबाट निस्कल पैदलयात्रीलाई १५–२० मिनेट लाग्ने गरेको पैदलयात्रीको गुनासो छ । 

विशेषगरी रत्नपार्क, कोटेश्वर, न्यूरोड, कलङ्की, बालाजु बसपार्क जस्ता मुख्य चोकहरुमा हिड्न समस्या भएको छ । यसरी अस्तव्यस्त बजार बन्दा समेत महानगरपालीकाले कुनै कदम चाल्न सकेको छैन । 


यस्तै विजुलीको पोल र अनावश्यकरुपमा यत्रतत्र छरिएर रहेका तारहरुले, ढल र पानीको उचित निकास हुन नसक्दा सडकपेटीबाट हिडने यात्रुहरु झन समस्यामा परेकाछन् । अस्पतालको मुख्य गेटनजिकका सडकपेटीमा जथाभावी पसल राख्दा भीडका कारण आपत परेर आउने बिरामी सजिलै अस्पताल पस्न गाह्रो भएको विरामीका आफन्तको भनाइ छ । भीडमा असुरक्षा समेत बढ्ने हुँदा सरकारले यसतर्फ ध्यानदिनु आवश्यकता छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु